कमेडी च्याम्पियन सिजन २ फागुन २१ बाट

कमेडी च्याम्पियन सिजन– २’ फागुन २१ देखि प्रसारणमा आउने भएको छ । शो कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउन लागेको हो ।

शोका निर्देशक विशाल भण्डारीले यो सिजन भव्य बनाउने बताए । बुधबार काठमाडौं आयोजित एक कार्यक्रमका बीच शोको औपचारिक घोषणा गरिएको हो ।

कान्तिपुर टिभीका दिनेश डिसीले कमेडी च्याम्पियन टिमसँग सहकार्यलाई लिएर उत्साहित भएको बताए । उनले आगामी ५ वर्षका लागि शो टिभीले लिएको जानकारी दिए । ‘कमेडी च्याम्पियन–२’ का लागि देश तथा विदेशबाट ६ हजारभन्दा बढि डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट उत्कृष्ट २४ प्रतियोगीहरु छनोट भएका छन् ।

कमेडी च्याम्पियनका निर्णायक सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निरन्तरता पाएका छन् ।