अञ्जु पन्त र थीर कोइरालाको विवाह

गायिका अन्जु विवाह बन्धनमा बाधिँएकी छिन् । उनले बुधबार प्रेमी थीर कोइरालासँग विवाह गरेकी हुन् ।

एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेकी गायिका पन्तले थीरसँग बुधबार चर्चमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन् ।

अन्जु र थीर केही समयदेखि प्रेमसम्बन्धमा रहेका थिए । उनीहरुले आफ्नो प्रेमसम्बन्धलाई बुधबार विवाहमा परिणत गरेका हुन् । उनको विवाहमा केही आफन्तको मात्र सहभागिता रहेको थियो ।