राष्ट्रपतिलाई हटाउँदैनौं, ओलीसँग सहकार्य हुँदैन : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउनेबारे आफूहरूले नसोचेको बताएका छन्। उनले नेकपाको ओली समूहसँग सहकार्य नहुने पनि प्रष्ट पारेका छन् ।

बिबिसी नेपाली सेवासँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘ब्ल्याकमेल’ गर्ने कोसिस गरेको भए पनि आफूहरुले कहिल्यै त्यसो नगरेको टिप्पणी गरे । ‘हामी अहिले त्यतारित सोचकै छैनौं । राष्ट्रपतिलाई ब्ल्याकमेल गर्ने कोसिस केपी ओलीले गर्नु भएको हो। हामीले कहिल्यै त्यसो गरेका छैनौं,’ उनले भने ।

ओली समूहबाहेक अरु दलसँग समझदारी गरेर अघि बढ्ने उनको भनाइ छ । प्रतिनिधिसभामा ओली विरुद्ध अविश्वास प्रस्ताव पहिले नै दर्ता भइसकेको छ ।