Author Archive

एमाले सांसदबाट राजीनामा दिएका पाण्डेय कांग्रेस प्रवेश

लुम्बिनी प्रदेशमा नेकपा एमालेको सांसदबाट राजीनामा दिएका दृगनारायण पाण्डेय नेपाली कांग्रेस प्रवेश गरेका छन्। बहुमत गुमाएर पनि मुख्यमन्त्रीमा शंकर पोखरेल फेरि नियुक्त भएपछि असन्तुष्टि जनाउँदै पाण्डेयले आइतबार राजीनामा दिएका थिए। सोमबार उनी कांग्रेस प्रवेश गरेका हुन्। उनको राजीनामा स्वीकृत भइसकेको छ। अब पाण्डेयलाई अब राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउन लागिएको छ। जेठ ६ मा हुने उपनिर्वाचनमा उनलाई विपक्षी गठबन्धनबाट उम्मेदवार बनाउने सहमति भएको छ। यहाँ माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका… पुरा पढौ

प्रचण्ड-देउवाले संविधान नै बुझेनन् : पाेखरेल

लुम्बिनी प्रदेशका मुखयमन्त्री शंकर पोखरेलले आफू बहुमत प्राप्त गरेर मूख्यमन्त्रीमा पुनः नियुक्त भएको दावी गरेका छन्।सोमबार बिहान पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स राख्दै यस्तो बताएका हुन्। उनले लुम्विनीमा नेकपा(एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको बताए। दलको वैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको उनले बताएका छन्। नियुक्ति पनि बैठककै आधारमा भएको र नियुक्ति पछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुने उनले बताएका… पुरा पढौ

कास्कीका ४ पालिकामा नेपाल समूहको छुट्टै कमिटी

नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा पालिका कमिटी तथा वडामा कमिटी विस्तार गरेको छ। आइतबारको जुम प्रबिधिमार्फत भएको भेलाबाट मुक्ति पौडेल अध्यक्ष तथा शुशिल बस्नेत सचिव रहेको १ सय२१ सदस्यीय पोखरा महानगर कमिटी गठन भएको हो । घननाथ सापकोटा अध्यक्ष तथा दुर्गाबहादुर भुजेल सचिव रहेको मादी गाँउपालिका कमिटि, भरत देवकोटा अध्यक्ष तथा नेत्र सुवेदी सचिव रहेको अन्नपुर्ण गाँउपलिका कमिटी र लालबहादुर परियार अध्यक्ष तथा नारायणप्रसाद पौडेल सचिव रहेको माछापुच्छ्रे गाँउपालिका… पुरा पढौ

पोखरेलको सपथ रोक्न निवेदन, ३ एमाले सांसदले दिए राजीनामा

लुम्बिनी प्रदेशमा प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरूले एमालेका नेता शंकर पोखरेलसँग बहुमत नरहेको भन्दै शपथ रोक्न लिखित निवेदन दिएका छन् । कांग्रेस प्रमुख सचेतक फखरुदीन खानले मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउन बहुमत नरहेको बताए । प्रदेशसभाका ४० सांसदले आइतबार दिउँसो प्रदेश प्रमुखलाई भेटेर शपथ रोक्न लिखित निवेदन दिएका हुन् । ८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद थिए । तर, दाङ क्षेत्र नम्बर ३… पुरा पढौ

संविधानसभा सदस्यको कोरोनाबाट निधन

दोस्रो संविधानसभाकी सदस्य रबनी चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ । आइतबारमात्र संक्रमण पुष्टि भएकी उनको अस्पताल नपुग्दै निधन भएको हो । लम्कीचुहा नगरपालिका ६ की चौधरीलाई उपचारका लागि धनगढी लैजाने क्रममै बाटैमा मृत्यु भएको हो । उनी २०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ सभासद बनेकी थिइन् । २०७४ सालको चुनावमा उनी नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् । पुरा पढौ

मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। पोखरेलले केही बेरअघि प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन्। नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी ९जसपा०ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ। अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका चार जना सांसदलाई… पुरा पढौ

मनाङमा पनि भेटिए कोरोना संक्रमित

मनाङमा २ कोरोना संक्रति भेटिएका छन् । चामे गाउँपालिकामा रहेको राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत २ कर्मचारीमा कोभिड १९ पुष्टि भएको हो । उनीहरु बिरामी भई अस्पताल जाँदा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला अस्पतालका डाक्टर प्रतिभा गौलीले जानकारी दिइन् । जनस्वस्थ्य कार्यलय चामे मनाङका अनुसार पहिलो चरणको कोरोनापछि दोस्रो चरणको पहिलो संक्रमण फेला परेको हो । जिल्लामा हाल ५ बेडको आइसोलेसन बेड निर्माण गरीएको छ भने अस्पतालमा ५ वटा अक्सिजन सिलिन्डर… पुरा पढौ

गायक प्रकाश सपुत होम आइसोलेसनमा

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ। उनले फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन्। आफू कोरोना पोजिटिभ भएको भन्दै उनले प्रत्यक्ष सम्पर्कमा आउने सबैलाई पीसीआर टेस्ट गर्नआग्रह गरेका छन्। ‘अन्ततः काठमाण्डौं मेडिकल कलेजका अनुसार मेरो पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ। सर्वप्रथम त योबीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैजनाले पीसीआर टेस्ट गर्नु होला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने,… पुरा पढौ

मजदूर एकता अमर रहोस् !

प्लाण्ट, मेशिन र औजार चिन्नै नपर्नेथर्ड पार्टी इन्स्योरेन्स सुबिधा दावीगर्नै नपर्नेजीवनबीमाको रकम आफैंले बुझ्नपाउनेकार्यस्थलमा आफ्नै खुशीमापस्न र निस्कन पाउनेन ज्याला काटिने पीरन कामबाट निकालिने डरउल्टै मालिक थर्काउन सक्ने हैसियत भएकामजदुरकाती ’सच्चा’ प्रतिनिधिलाईमई दिवसको शुभकामनाकमरेडमई दिवस जिन्दावाद !मजदुर एकता अमर रहोस् !!पार्टीको ओतमा’स्वतन्त्र’ मजदुर संगठनको पदाधिकारी बन्न सक्नेविदेशी दाताले दिएको वातानुकुलित गाडि चढेरनिर्वाध सिंहदरवार भित्र र बाहिर गर्न सक्नेदेशका श्रमिकहरुको अवस्था जान्नठूला ठूला होटेल र विदेश सम्मै पुगेरउल्टै विदेशी विज्ञहरुको ज्ञान… पुरा पढौ

पिसिआर पोजिटिभ आए के गर्ने ?

यस पटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन | ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला | यसपटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ | तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला | संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला |… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं