एमाले सांसदबाट राजीनामा दिएका पाण्डेय कांग्रेस प्रवेश

लुम्बिनी प्रदेशमा नेकपा एमालेको सांसदबाट राजीनामा दिएका दृगनारायण पाण्डेय नेपाली कांग्रेस प्रवेश गरेका छन्।

बहुमत गुमाएर पनि मुख्यमन्त्रीमा शंकर पोखरेल फेरि नियुक्त भएपछि असन्तुष्टि जनाउँदै पाण्डेयले आइतबार राजीनामा दिएका थिए।

सोमबार उनी कांग्रेस प्रवेश गरेका हुन्। उनको राजीनामा स्वीकृत भइसकेको छ।

अब पाण्डेयलाई अब राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउन लागिएको छ। जेठ ६ मा हुने उपनिर्वाचनमा उनलाई विपक्षी गठबन्धनबाट उम्मेदवार बनाउने सहमति भएको छ।

यहाँ माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा उपनिर्वाचन हुँदैछ। खड्का माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरेपछि पद रिक्त थियो।

पाण्डेय पहिले कांग्रेस थिए। उनी गत चुनावमा एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर २ ख बाट सांसद चुनिएका थिए ।