कास्कीका ४ पालिकामा नेपाल समूहको छुट्टै कमिटी

नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा पालिका कमिटी तथा वडामा कमिटी विस्तार गरेको छ।

आइतबारको जुम प्रबिधिमार्फत भएको भेलाबाट मुक्ति पौडेल अध्यक्ष तथा शुशिल बस्नेत सचिव रहेको १ सय२१ सदस्यीय पोखरा महानगर कमिटी गठन भएको हो ।

घननाथ सापकोटा अध्यक्ष तथा दुर्गाबहादुर भुजेल सचिव रहेको मादी गाँउपालिका कमिटि, भरत देवकोटा अध्यक्ष तथा नेत्र सुवेदी सचिव रहेको अन्नपुर्ण गाँउपलिका कमिटी र लालबहादुर परियार अध्यक्ष तथा नारायणप्रसाद पौडेल सचिव रहेको माछापुच्छ्रे गाँउपालिका कमिटी घोषणा गरिएको हो।

रुपा गाँउपालिकामा भने आन्तरिक तयारी बाँकी रहेकाले छिट्टै कमिटी सार्वजनिक गर्ने पार्टीले जनाएको छ। एमालेको नेपाल समूहले महानगरका अधिकांश वडामा अध्यक्ष र सचिव घोषणा गरेको छ ।

नेकपा एमाले कास्की अध्यक्ष धनराज आचार्यको अध्यक्षतामा भएको भेलाबट पालिका कमिटीमा जिम्मेवारी प्राप्त व्यक्तिहरुको नामावली सार्वजनिक गरिएको हो।

भेलालाई सम्बोधन गर्दै एमाले पोलिटव्युरो सदस्य तथा पुर्वमन्त्री तुलबहादुर गुरुङले पार्टीलाई नेतृत्व तहवाटै बिधि र बिधान विपरीत अगाडि बढाईएकाले कम्युनिष्ट पार्टीको आदर्श, मुल्य र मान्यतालाई बचाउन आफुहरुले देशैभर नेकपा एमालेको पुनर्गठन गरेको वताए।

पार्टी केन्द्रिय सदस्य चुडामणि जंगलीले पार्टीभित्र देखिएको अहङ्कार र गैह्र कम्युनिष्ट चिन्तनका कारण लगभग दुई तिहाई जनमत प्राप्त पार्टी छिन्नभिन्न हुदै अधोगतितिर गएको दाबी गरे । उनले प्रगतिशील बिचार बोक्नेहरुको काँधमा पार्टी बचाउने जिम्मा रहेको उल्लेख गरे ।

भेलाले कोरोना महामारी डरलाग्दो तवरले बढिरहेकोमा चिन्ता व्यक्त गर्दै जनतालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन, अस्पतालहरुको क्षमतासहित आईसियुको संख्या बृद्धि गर्न, अक्शिजन एवं औषधि उपचारको आवश्यक प्रवन्ध गर्न तथा निषेधाज्ञाका कारण जोखिममा परेका गरिव, असाहय, सुकुमबासी, मजदुरहरुलाई जिवनयापनको व्यवस्था गर्न तिनै तहका सरकारहरुको ध्यान आकृष्ट गरेको छ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।