संविधानसभा सदस्यको कोरोनाबाट निधन

दोस्रो संविधानसभाकी सदस्य रबनी चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

आइतबारमात्र संक्रमण पुष्टि भएकी उनको अस्पताल नपुग्दै निधन भएको हो । लम्कीचुहा नगरपालिका ६ की चौधरीलाई उपचारका लागि धनगढी लैजाने क्रममै बाटैमा मृत्यु भएको हो ।

उनी २०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ सभासद बनेकी थिइन् । २०७४ सालको चुनावमा उनी नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।