निबन्ध : मेरो प्यारो पोखरा

पोखरा गण्डकी प्रदेशको कास्की जिल्लामा अबस्थित रहेको छ।पोखरा कास्की जिल्ला र गण्डकी प्रदेशको सदरमुकाम पनि हो।चारैतिर भर्याङआकारका हरियाली डाँडाहरुले घेरेका छन।बिचमा सम्म परेको पोखरा भ्याली बिबाहमा सिंगारिएको बेहुली जस्तै सुन्दर अनि असाध्यै सफा छ।पोखराको बिचमा रहेको फेवाताल र त्यसमा पौडी खेल्ने माछापुच्छ्रे हिमालको छाँयाँले पोखराको सुन्दरतालाइ अझ मनमोहक बनाएको छ।पोखरामा धेरै घरहरु छन।

यहाँ सतहत्तर जिल्लाका मानिसहरु बस्नुहुन्छ।पोखरेलीहरुको मन पोखरा जस्तै पोखरा जस्तै सफा र सुन्दर छ।यहाँ धेरै क्याम्पस र बिद्यालयहरु छन।यिनीहरुले म जस्तै धेरै बिद्यार्थीहरुलाइ असल ज्ञानगुनका कुराहरु सिकाएर देशको लागि राम्रा र दक्ष कर्णाधारहरु जन्माउछन।पोखरा रमणीय शहर भएकोले बिश्वका धेरै शहरहरु बाट अनि नेपाल भित्रकै बिभिन्न जिल्लाका मानिसहरु घुम्नका लागि आउनुहुन्छ।यहाँ घुम्नका लागि धेरै महत्वपुर्ण ठाँउहरु रहेका छन।

त्यस्ता घुम्न योग्य ठाँउहरुमा सराङकोट,लेकसाइड,फेवाताल,शान्तिस्तुपा,गुप्तेशवर गुफा,अन्तर्राष्ट्रिय पर्बतिय संग्रहालय,बन्जिजम्प,चमेरे गुफा,लेखनाथका सात वटा तालहरु लागाएत अन्य मनोरम स्थानहरु पर्छन।म पोखरामै बस्ने भएकोले,मेरो बाबा र आमा सँगै म यी सबै ठाँउहरु घुमेकी छु।सुन्दर अनि रमाइलो भएकोले मलाइ यी ठाँउहरु असाध्यै मन पर्छ।

पोखराबट देखिने मुस्कुराइरहने हिमालको दृष्यले सबे जनाको मन लोभ्याउछ।यो सुन्दर शान्त र सफा शहरलाइ सदैब यस्तै राखीरहनु हामी सबैको कर्तब्य हो।नेपालकै उत्कृष्ट सुन्दर शहर पोखरा पोखरा घुम्न आउनको लागि म अनि सबै पोखरेलीहरुको तर्फबाट हार्दिक निमन्त्रणा छ।सबैले आफ्नो जीवनको केही समय पोखराको लागि छुट्याएर यहाँको प्राकृतिक सुन्दरता हेर्न नभुल्नुहोला।मेरो प्यारो पोखरा,मेरो सुन्दर पोखरा,मुटू भन्दा प्यारो छ।मेरो प्यारो पोखरालाइ सँधै आँफुलाइ जत्तिकै माया गर्छु।