छात्रामाथि यौन दुर्व्यहार अभियोगमा प्रधानाध्यापक पक्राउ

पोखरा २२ मा रहेको ओखलेडाँडा भुम्दिकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोला बाल यौन दुराचार आरोपमा पक्राउ परेका छन् ।

उनीमाथि आफ्नै १५ वर्षीया विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोप छ । कास्की प्रहरी प्रवक्ता सुवास हमालले बास्तोलालाई पक्राउ गरी ७ दिन म्याद थप भएको जानकारी दिए । बालिकाको परिवारले बुधबार बास्तोलाविरुद्ध जाहेरी दिएको थियो ।

मानसिक समस्या देखिएपछि घरमा सोधखोज गर्ने क्रममा दुव्र्यवहार भएको छात्राले बताएकी थिइन् । घटना थाहा भएपछि बास्तोलामाथि कुटपिटसमेत भएको प्रहरीले जनाएको छ ।