एमालेका २ पक्षबीच १० बुँदे सहमति

नेकपा एमालेभित्रको विवादलाई कार्यदल स्तरको बैठकले मिलाएको छ ।

आइतबार अबेरसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले बताए ।

कार्यदल बैठकमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । अब यो सहमतिपत्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समक्ष पेश गरिनेछ ।