कालिका मन्दिर परिसरमा लियोको डस्टबिन

लियो क्लब अफ तनहुँ दमौलीले व्यास ४ स्थित रहेको कालिका मन्दिर परिसरमा फोहोर फाल्ने डस्टबिन राखेको छ ।

व्यास नगरपालिकाको सहयोगमा क्लबले शनिबार एक कार्यक्रम गरी १० वटा डस्बिन राखेको हो । कार्यक्रममा व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक कार्यमा युवाको सक्रियता रहनु राम्रो रहेको बताए । उनले भने, ‘समाजलाई सहि दिशा तर्फ लैजान युवाहरुले ठूलो भूमिका खेल्न आवश्यक छ । क्लबले यस्तो कार्यलाई निरन्तरता दिन आवश्यक छ ।’

पछिल्लो समय धार्मिक पर्यटकिय गन्तव्य रुपमा कालिका मन्दिर परिचित रहकाले फोहोर मैला व्यवस्थापनको लागि स्ट्यान्ट सहितको डस्बीन राखिएको क्लबका अध्यक्ष सुनिल मिश्रले जानकारी दिए ।

सोही दिन मन्दिर परिसरमा सरसफाई पनि गरिएको उनले बताए । क्लबले केही डस्बिन व्यास ३ स्थित अनसन चौतारीमा पनि राखेको छ ।