विप्लव नेकपाका विद्यार्थी नेता बास्तोला पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता प्रकाश बास्तोलालाई पक्राउ गरेको छ ।

उनलाई पोखरा रङ्गशाला अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् ।

उनलाई यसअघि पनि नेकपा प्रतिबन्धित भएको अवस्थामा पटक–पटक पक्राउ परेका थिए । पोखराका विभिन्न व्यक्ति र व्यवसायीलाई धम्क्याउँदै चन्दा असुलेकाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभाष हमालले बताए ।

उनको घर कास्कीको रुपा गाउपालिका ३ टाकाम्जा हो । बास्तोलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।