खेलकुद

मिराकल सुपर सिक्स भेट्रान्स क्रिकेटको फाइनलमा

सुपर सिक्स भेट्रान्स क्रिकेट प्रतियोगिता शनिबार सुरु भएको छ । माछापुच्छ्रे क्रिकेट क्लबको आयोजना र वाइन किङको मुख्य प्रायोजनमा पोखरामा पहिलो पटक भेट्रान सुपर सिक्स प्रतियोगितामा भएको हो । पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको प्रतियोगिताको फाइनलमा दिपेश खत्रीको कप्तानीमा रहेको मिराकल ग्लाडियटर्स प्रवेश गरेको छ । सेमिफाइलनमा मिराकलले स्याङ्जा रिवल्सलाई ७ रनले पराजित ग¥यो । टस जितेर ब्याटिङमा उत्रिएको मिराकलले विना विकेट क्षतिमा ६२ रनको योगफल तयार पारेको थियो ।… पुरा पढौ

अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल, यस्तो छ योजना

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरमा हुने खेलमा अमेरिकाका कप्तान सौरब नेत्रभालकरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।  आजको खेलमा कुशल मल्लले नेपाली राष्ट्रिय टोलीका लागि डेब्यु गर्ने भएका छन् । उनले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत डेब्यु गरेका हुन् । कुशललाई नेपाली राष्ट्रिय टोलीका… पुरा पढौ

संकटालाई हराउँदै थ्री स्टार तेस्रो स्थानमा

शहिद स्मारक ए डिभिजन लिगको ११ औं चरणको खेलमा थ्री स्टार क्लवले संकटा क्लवलाई पराजित गर्दै लिगमा तेस्रो स्थानमा उक्लेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले संकटालाई १–० को अन्तरले पराजित गरेको हो । खेलको ६१ औं मिनेटमा अनन्त तामाङले गरेको गोल नै निर्णायक बन्यो । जीतसँगै ११ खेलबाट २० अंक भएको थ्री स्टार तेस्रो चरणमा उक्लिएको छ ।११ खेलबाट १५ अंक रहेको संकटा भने खेलको… पुरा पढौ

पोखरामा आईटिएफ जुनियर टेनिस प्रतियोगिता हुदैं

अन्तराष्ट्रिय टेनिस फेडेरेशन(आईटिएफ)को जुनियर यु–१८ सर्किट–१ टेनिस प्रतियोगिता पोखरामा शनिबारदेखि शुरु हुदैं छ । औपचारिक खेल भने सोमबारदेखि शुरु हुने छ । कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा आयोजना हुने प्रतियोगितामा नेपालबाट महिला तर्फ ६ र पुरुष तर्फ ६ गरी १२ खेलाडीले सहभागिता जनाउने छन् । गत वर्ष आईटिएफ जुनियर र्याङकिङ टेनिस सर्किट १ र २ पोखरामै आयोजना गरिएको थियो । गतवर्ष भन्दा यो वर्ष सहभागि देशको संख्या भने कम छ… पुरा पढौ

सरस्वतीमाथि जित निकाल्दै मछिन्द्र शीर्ष स्थानमा

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबले सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गरेको हो। मछिन्द्रको जितमा दीपक राईले २ गोल ,विशाल राई, देवेन्द्र तामाङ, अडेलजा सोमिड र एन्ड्रेस १/१ गोल गरेका हुन। यता सरस्वतीका लागि कजिम बुसारीले गोल गरे। जितसँगै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्र क्लबको ११… पुरा पढौ

बूढासुब्बा गोल्डकप फागुन १० देखि

मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ। आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहने जानकारी दिएको छ। क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रदेश अध्यक्ष किशोर राईका अनुसार एन्फाले बूढासुब्बालाई ‘क’ श्रेणीमा राखेपछि प्रतियोगिताको पुरस्कार राशि बढाइएको छ। विजेतालाई रु १० लाख र उपविजेतालाई रु पाँच लाख दिने अध्यक्ष राईले… पुरा पढौ

नेपाल ओमानसँग १८ रनले पराजित

आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमनसँग पराजित भएको छ । बुधवार कीर्तिपुस्थित टीयू मैदानमा भएको खेलमा नेपाल ओमानसंग १८ रनले पराजित भएको हो । नेपालले पहिलो ओडिआई खेलमा टस जित्दै पहिले ओमानलाई ब्याटिङको निम्तो दिएको थियो । ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो । तर मध्यम लक्ष्य पाएको नेपालले शुरुआतमै विकेट गुमाउँदा राम्रो ब्याटिङ गर्न सकेन । नेपालले ४६।५… पुरा पढौ

विश्वकप लिग -२ मा बोहोरा र भारीको डेब्यु, भारीले लिए विकेट

नेपालले आज पहिलो दिन आईसिसि क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसित खेलिरहेको छ । नेपालले टस जितेर ओमानलाई व्याटिंगको निम्तो दिएको छ । ओमानसितको डिभिजन लिग २ को एकदिवसीय सिरिजमा नेपालका दुई खेलाडीले डेब्यु गरेका छन् । अविनाश बोहोरा र सुशान भारीले डेब्यु गरेका हुन् । ओमानका लागि पनि बादल सिंहले डेब्यु गरेका छन् । डेब्युमै सुशान भारीले ७ ओभरमा १ मेडन राख्दै दुई विकेट लिएका छन् ।… पुरा पढौ

भारत विश्वकपको फाइनलमा, पाकिस्तानमाथि हावी

भारत यु–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । पोचहेफस्ट्रोममा मंगलबार भएको सेमिफाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी पाकिस्तानलाई १० विकेटले हराउँदै भारत फाइनलमा पुग्न सफल भएको हो ।  खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै ४३.१ ओभरमा अलआउट भएर १७२ रन बनायो । कप्तान रोहेल नाजिरले ६२ रन बनाए । हैदर अलीले ५६ रन बनाए । सुशान्त मिश्राले ३ विकेट लिए । कार्तिक त्यागी र रवि विश्नोइले २–२ विकेट लिए ।  १७३ रनको सामान्य चुनौतीलाई भारतले… पुरा पढौ

क्रिकेटमा नेपाल र ओमान भिड्दै, कस्ले जित्ला ?

आइसीसी विश्वकप क्रिकेट लिग– दुईको तयारी पूरा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले बुधबारदेखि शुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।  राजधानीमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारी पूरा भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । विभिन्न चुनौतीका बाबजुदसमेत प्रतियोगिता सञ्चालन गर्न गइरहेको उनको भनाइ थियो ।  आइसीसीले निलम्बन फुकुवा गरेको छोटो समयमा मेहनतका साथ सिरिज आयोजना गर्न लागेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं