सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबले सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गरेको हो।
मछिन्द्रको जितमा दीपक राईले २ गोल ,विशाल राई, देवेन्द्र तामाङ, अडेलजा सोमिड र एन्ड्रेस १/१ गोल गरेका हुन। यता सरस्वतीका लागि कजिम बुसारीले गोल गरे।
जितसँगै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्र क्लबको ११ खेलबाट २५ अंक भएको छ। दोस्रो स्थानमा रहेको आर्मीको भने १० खेलबाट २३ अंक छ।
११ खेलमा ४ अंक जोडेको सरस्वती क्लब भने रेलिगेसन नजिक छ ।




