भारत विश्वकपको फाइनलमा, पाकिस्तानमाथि हावी

भारत यु–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । पोचहेफस्ट्रोममा मंगलबार भएको सेमिफाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी पाकिस्तानलाई १० विकेटले हराउँदै भारत फाइनलमा पुग्न सफल भएको हो । 

खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै ४३.१ ओभरमा अलआउट भएर १७२ रन बनायो । कप्तान रोहेल नाजिरले ६२ रन बनाए ।

हैदर अलीले ५६ रन बनाए । सुशान्त मिश्राले ३ विकेट लिए । कार्तिक त्यागी र रवि विश्नोइले २–२ विकेट लिए । 

१७३ रनको सामान्य चुनौतीलाई भारतले ३५.२ ओभरमा बिना कुनै विकेट गुमाएर पूरा गर्यो । ययस्वी जैसवालले नटआउट १०५ र देभ्यांश सक्सेनाले नटआउट ५९ रन बनाए । यो साझेदारी विश्वकपमा भारतको सबैभन्दा धेरै हो । 

भारतले लगातार चौथो पटक पाकिस्तानलाई विश्वकपमा हराएको हो । भारत  सातौं पटक विश्वकपको फाइनलमा पुगेको छ ।

२०१८ को विजेता भारतले अब दक्षिण अफ्रिका र अफगानिस्तान बीचको विजेतासंग फाइनलमा खेल्नेछ ।