संकटालाई हराउँदै थ्री स्टार तेस्रो स्थानमा

शहिद स्मारक ए डिभिजन लिगको ११ औं चरणको खेलमा थ्री स्टार क्लवले संकटा क्लवलाई पराजित गर्दै लिगमा तेस्रो स्थानमा उक्लेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले संकटालाई १–० को अन्तरले पराजित गरेको हो ।

खेलको ६१ औं मिनेटमा अनन्त तामाङले गरेको गोल नै निर्णायक बन्यो ।

जीतसँगै ११ खेलबाट २० अंक भएको थ्री स्टार तेस्रो चरणमा उक्लिएको छ ।११ खेलबाट १५ अंक रहेको संकटा भने खेलको पाँचौ स्थानमा छ ।