नेपालले आज पहिलो दिन आईसिसि क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसित खेलिरहेको छ । नेपालले टस जितेर ओमानलाई व्याटिंगको निम्तो दिएको छ ।
ओमानसितको डिभिजन लिग २ को एकदिवसीय सिरिजमा नेपालका दुई खेलाडीले डेब्यु गरेका छन् । अविनाश बोहोरा र सुशान भारीले डेब्यु गरेका हुन् । ओमानका लागि पनि बादल सिंहले डेब्यु गरेका छन् । डेब्युमै सुशान भारीले ७ ओभरमा १ मेडन राख्दै दुई विकेट लिएका छन् ।
kheladinews.com




