सुपर सिक्स भेट्रान्स क्रिकेट प्रतियोगिता शनिबार सुरु भएको छ । माछापुच्छ्रे क्रिकेट क्लबको आयोजना र वाइन किङको मुख्य प्रायोजनमा पोखरामा पहिलो पटक भेट्रान सुपर सिक्स प्रतियोगितामा भएको हो ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको प्रतियोगिताको फाइनलमा दिपेश खत्रीको कप्तानीमा रहेको मिराकल ग्लाडियटर्स प्रवेश गरेको छ । सेमिफाइलनमा मिराकलले स्याङ्जा रिवल्सलाई ७ रनले पराजित ग¥यो ।
टस जितेर ब्याटिङमा उत्रिएको मिराकलले विना विकेट क्षतिमा ६२ रनको योगफल तयार पारेको थियो । कप्तान दिपेश खत्रीले २५ रन हिर्काए भने आलमले २९ रनको योगदान दिए । स्याङ्जा ६३ रनको लक्ष्य पछ्याउने क्रममा केवल ५५ रनमै समेटियो । खेलमा म्यान अफ दि म्याच आलम घोषित भए ।
न्युरोड ब्लास्टर्स र साग्रिला भेट्रान्सबीचको सेमिफाइनल खेल भने वर्षाका कारण रोकियो । आगामी शनिबार सेमिफाइनल र फाइनल खेल हुने आयोजक माछापुच्छ«े क्रिकेट क्लबका अध्यक्ष दिपेश खत्रीले जानकारी दिए ।
न्युरोड र सांग्रिलाका विजेताले उपाधिका लागि मिराकलसित प्रतिस्पर्धा गर्ने छ । प्रतियोगितामा स्याङ्जा रिवल्स, फेवा वारियर्स, न्युरोड ब्लास्टर्स, सांग्रिला भेट्रान्स, वाइन किङ फाईटर्स, मिराकल ग्लाडियटर्स सहभागी छन् ।
प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, प्लेयर अफ दि सिरिजसहित विजेता तथा उपविजेतालाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता उदघाटन खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीले गरेका थिए ।




