ब्याडमिन्टनको टिम इभेन्टमा नेपाललाई कास्य
१३ औं दक्षिण एसियाली साग अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला टिम इभेन्टमा नेपालले कास्य पदकमै रोकिएको छ । आज भएको सेमीफाईलन प्रतिस्पर्धाबाट नेपाल माथि उक्लिन सकेन् । पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा सोमबार भएको खेलमा नेपालका महिला तथा पुरुष दुबै टोली श्रीलंकासँग पराजित भएपछि नेपालले काश्यमा चित्त बुझाएको हो । बिजयी श्रीलंका भने फाइनलमा प्रवेश गरेको छ । श्रीलंकाले पुरुषतर्फ नेपाललाई ३–१ को सेटमा तथा महिलातर्फ ३–० को…
पुरा पढौ
आयशाले जितिन् ९ औं स्वर्ण
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालले अर्को स्वर्ण जितेको छ । २९ वर्ष माथि उमेर समूहको पुम्सेको महिला एकलतर्फ आयशा शाक्यले स्वर्ण जितेकी हुन् । यससँगै सागमा नेपालको स्वर्ण ९ पुगेको छ । यसअघि भारतमा भएको १२ औं सागमा नेपालले पूरै प्रतियोगितामा जम्मा ३ स्वर्ण जितेको थियो ।
पुरा पढौ
१३ औं साग:नेपाललाई पहिलो स्वर्ण
नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पहिलो स्वर्ण जितेको छ । पुरूष एकल कातामा कराँतेका मण्डेकाजी श्रेष्ठले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै स्वर्ण जितेका हुन् । बंगलादेशी खेलाडी मोहम्मद हसन खानलाई पराजित गर्दै फाइनलमा पुगेका मण्डेकाजीले २६.७२ अंक प्राप्त गरेका छन् भने पाकिस्तानी खेलाडीले २४.९२ अंक प्राप्त गरेका छन्।
पुरा पढौ
ब्याडमिन्टनमा नेपालको पदक पक्का
१३ औं साग अन्तरग भएको ब्याडमिन्टन टिम ईभेन्टस्मा नेपालको पदक पक्का भएको छ । पोखरा रङ्गशालामा नवनिर्मीत ब्याडमिन्टन हलमा भएको प्रतिस्पर्धामा नेपाली पुरुष टिमले भुटानी टिमलाई ३ – ० ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाउँदै पदक पक्का गरेको हो । नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङ्गले भुटानी खेलाडी अनिश गुरुङ्गलाई २१ – ६, २१ – ९ ले, दिपेश धामीले नैदुप दोर्जेलाई २१ – १३, २१ – १४ ले तथा उदियमान…
पुरा पढौ
व्याडमिन्टन पुरुष तथा महिला टिम इभेण्टमा पदक पक्का
नेपाली व्याडमिन्टन टोलीले पोखरामा आईतबारदेखि शुरु भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा मेन्स टिम इभेण्टमा पदक पक्का गरेको छ । नेपाली टिमले भुटानी टिमलाई पराजित गर्दै सेमीमफाईनल प्रवेश गरेसँगै पदक पक्का भएको हो । नेपालका लागि रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६, २१–९को सोझो सेटले पराजित गरेका हुन् । पोखरा रंगशालास्थित व्याडमिन्टन कभर्ड हलमा भएको प्रतिस्पर्धामा दिपेश धामीले भुटानका नैदुप दोर्जेलाई सोझो सेटमा पराजित गर्ने क्रममा २१–१३, २१–१४ को…
पुरा पढौ
महिला क्रिकेट–स्वर्णको लक्ष्य
दक्षिण एशियाली खेलकुद(साग)मा महिला क्रिकेटलाई पहिलो पटक समावेश गरिएको छ । पहिलो सहभागितालाई स्वर्णिम बनाउने ध्यान सहभागि चारै देशको छ । त्यसमा पनि अझ घरेलु मैदानमा स्वर्ण जित्ने लक्ष्य, अपेक्षा र विश्वास घरेलु टोलीको छ । त्यही अभियानमा प्रशिक्षक जगत टमटा फरक भूमिकामा छन् । १४ वर्षपछि प्रशिक्षक टमता पोखरा फर्किएका हुन् । कास्की जिल्ला क्रिकेट प्रशिक्षकको रुपमा रहेर क्रिकेटको जग बसालेका टमटा अहिले महिला क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारीमा छन्…
पुरा पढौ
पोखरा आइपुग्यो ओलम्पिक टर्च
१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को पूर्व सन्ध्यामा ओलम्पिक टर्च पोखरा आईपुगेको छ । काठमाडौँको स्वयम्भुबाट सुरु भएको ओलम्पिक टर्च शुक्रवार पोखरा ल्याईएको हो । टर्चलाई ओलम्पिन सहित खेलाडीले पोखरा रंगशालावाट नगर परिक्रमा गराएका थिए । राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले टर्च प्रज्वलन गरी ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरी सुरु भएको ¥यालीले पोखराको विभिन्न भाग परिक्रमा गरेको थियो । राष्ट्रिय…
पुरा पढौ
सागमा सवारी व्यवस्थापनमा सकस
यत्र तत्र लठपत्रै छ । जत हेर्यौ उतै धुलो उडेको छ । काम धमाधम छ । पूर्ण रुपमा काम फत्ते भईसकेको छैन् । काम फत्ते नभएपनि १३ औं दक्षिण एशियाली खेलकुद(साग) आयोजनासँगै टुग्याउने चटारो छ । पोखरा रंगशालाभित्र मंसिर १५ गतेदेखि साग खेल मेला हुदैै छ । अधुरो र अपुरो रंगशालामा उदघाटनसँगै महिला फुटबल खेलाईने छ । पुर्वाधारले पूर्णता पाईसकेको छैन् । फुटबल मैदान मार्किङ शुरु गरिएको छ । सागपछि…
पुरा पढौ
तेह्रौ साग:नेपाल महिला भलिबल सेमिफाइनलमा
नेपाल दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलको सेमिफाइनलमा पुगेको छ । शुक्रबार दिउँसो भएको खेलमा भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेपछि नेपाल समुह उपविजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो खेलमा बंगलादेशलाई हराएको नेपालले दोस्रो खेलमा भने भारतसँग हार व्यहोरेको थियो । । दुई खेल जितेको भारत ६ अंक सहित र्शीष स्थानमा रहेको छ । त्यस्तै एक खेलमात्रै जितेको नेपाल भने तीन अंकसहित दोस्रो स्थानमा छ…
पुरा पढौ
साग सम्पर्क अधिकारी प्रशिक्षण पोखरामा सम्पन्न
पोखरा १२ मंसीर । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा सहभागी हुन आउने विदशी खेलाडी तथा अतिथिको सहजताको लागि राखिने सम्पर्क अधिकारी (लियाजन) हरुको प्रशिक्षण सम्पन्न भएको छ । १३ औँ सागको लागि पोखरा आउने खेलाडी तथा विशिष्ट पाहुँनालाई पोखराको बारेमा जानकारी दिन तथा खेल अवधिभर सहज वातावरण निमार्ण गर्न लियाजन कमिटिले ५० जना लियाजन खटाउने भएको हो । लियाजनमा सहभागीहरुलाई ५ दिनको प्रशिक्षण दिएको थियो भने लियाजन…
पुरा पढौ