ताजा समाचार

मंसिर १९ गते २०७६

बिहीबारदेखि आर्चरी सुरु

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत आजदेखि पोखरामा आर्चरी खेल सुरु भएको छ । पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भए पछि विहिबार उक्त खेलको उद्घाटनसहित अभ्यास खेल सुरु भएको हो ।

पाकिस्तानले अन्तिम अवस्थामा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागी नभएपछि बिहीबार अभ्यास (वामअफ) खेल भएको नेपाल आर्चरी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए । मंसिर २३ गतेसम्म चल्ने उक्त खेलको उद्घाटन १३ औं साग स्थानिय व्यबस्थापन तथा सहजीकरण समिति पोखराका सदस्य एवं गण्डकी प्रदेश सांसद मोहन रेग्मीले गरेका हु्न ।

पोखरामा साग हुनुले पोखराको खेल पर्यटनको प्रबद्र्धन हुने विश्वास उनले व्यक्त गरे । पोखरामा हुने साग अन्र्तगतका खेल भव्य रुपमा सम्पन्न गर्न सवैमा सांसद रेग्मीले आव्हान समेत गरेका छन् । नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
विहिबारदेखि र्याङकिङ राउण्ड सुरु हुनु हुने भनिए पनि पाकिस्तान प्रतियोगितामा सहभागी नभएकोले शुक्रबारदेखि र्याङकिङ राउण्ड सुरु हुने भएको संघका बरिष्ठ उपाध्यक्ष थकालीले बताए ।

प्रतियोगितामा नेपालसहित भुटान, श्रीलंका र बंगलादेश सहभागि भएका छन् । भुटानका ९ जना खेलाडी प्रतियोगितामा सहभागी हुँदै छन् भने अन्य तीन देशका १६÷१६ जना खेलाडी सहभागि हुने छन्् । टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकका लागि प्रतिस्प्रर्धा हुने भएको छ ।

त्यसै गरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्स तर्फ गरी ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकका लागि ५७ जना खेलाडी प्रतिस्प्रर्धामा उत्र्रिने भएका हुन् । यस प्रतियोगितामा सहभागी खेलाडीको विश्व आर्चरी महासंघले र्याङकिङ गर्ने भएको छ ।