खेलकुद

बी एण्ड आर क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा,को-को परे टोलीमा ?

बी एण्ड आर कप महिला क्रिकेटका लागि नेपाली यू-१९ टिम घोषणा भएको छ । डोली भट्टलाई कप्तानीको जिम्मेवारी दिइएको छ । टोलीमा कविता कुँवर, कृतिका मरासिनी, यसोदा विष्ट, रवि पोद्दार, राजमति ऐरी, इश्वरी विष्ट र लक्ष्मी साउद छन् । यस्तै सुशी डंगोल, हिसिला लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शिला क्षत्री, लक्षीता रायमाझी, गोमा आले, पेम लामु शेर्पा, मनिशा मगर र सृष्टि पौडेल छन् । १४ मध्ये चार जनालाई बैकल्पिकमा… पुरा पढौ

नेपालका ५ क्रिकेट खेलाडी उत्कृष्टको सूचीमा (को-को परे ?)

अन्तराष्ट्रिय क्रिकेट परिषदको टी-२० बरियतामा नेपाल फेरी १२ औं स्थानमा फर्किएकाे छ । यसअघि १३ औं स्थानमा रहेकाे नेपालले एक स्थान सुधार गर्न सफल भयाे । नयाँ वरियतामा नेपालले २१ खेलबाट एक सय ८९ रेटीङ अंक पाएको छ । एसोसियट राष्ट्रमा नेपाल सबै भन्दा अगाडि रहेकाे छ । यसअघि नेपाल भन्दा माथि स्कटल्याण्ड र युएई रहेकाे थिए । अहिले उनीहरूको वरियता घटेको छ । स्कटल्याण्ड १६ औं र युएई १३… पुरा पढौ

क्रिकेटमा नेपालको प्रगति : वरीयता १२औँ स्थानमा

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी-२० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।आईसीसीले गएकाे बिहीबार अद्यावधिक गरेको टी-२०को नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औंँ स्थानमा उक्लिएको हो । अघिल्लो वरियतामा नेपाल १३ औंँ स्थानमा रहेको थियो । नयाँ वरीयता अनुसार नेपालले २१ खेलबाट १८९ अंक पाएको छ । एसोसियट राष्ट्रमध्यको टी-२० वरीयतामा नेपाल शीर्ष स्थानमा छ । पुरा पढौ

दुई पेनाल्टी मिस गरेपनि युनाइटेड विजयी

दुईवटा पेनाल्टी मिस गरे पनि म्यान्चेस्टर युनाइटेडले गत फेब्रुअरी पछि घरेलु मैदानबाहिर पहिलो जीत निकालेको छ । युनाइटेडले नर्विच सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको २१ औँ मिनेटमा स्कट म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । यो गोल म्यान्चेस्टर युनाइटेडको प्रिमयिर लिगमा २ हजारौँ गोल थियो । यो उपलब्धि हासिल गर्ने युनाइटेड पहिलो टोली बनेको छ । त्यसपछि युनाइटेडले विवादास्पाद पेनाल्टी पायो । तर, मार्कस रासफोर्डको प्रहारलाई… पुरा पढौ

आयरल्याण्ड र पीएनजी विश्वकपका लागि छनाेट

टेष्ट टोली आयरल्यान्ड र पीएनजी अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपका लागि छनोट भएका छन । समुह ‘बी’ मा ओमान र यूएईलाई नेट रन रेटले पछि पार्दै आयरल्यान्ड विश्वकपमा पुगेको हो । ओमान र यूएईको समान ८ अंक भएपनि नेट रन रेटका आधारमा आयरल्यान्ड शीर्ष स्थानमा रहँदै सोझैं विश्वकपमा पुगेको हो । आयरल्यान्डको नेट रन रेट १‍ दशमलव ५९१ रहँदा दोस्रो स्थानमा रहेको ओमानको ० दशमलव ९९७ रह्यो । त्यस्तै तेस्रो… पुरा पढौ

म्यानचेस्टर युनाइटेडले बनायो यस्तो कीर्तिमान

म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ ।आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले नर्विच सिटीलाई ३-१ गोलअन्तरले पराजित गर्दै जित हात पारेको हो । म्यानचेस्टर युनाइटेडले यो जित हात पार्ने क्रममा कीर्तिमान कायम पनि गरेको छ । म्यानचेस्टर युनाइटेडको जितमा स्कट टोमिने, मार्कुस राष्फोर्ड र एन्थोनी मार्सियलले गोल गरे । नर्विचका लागि भने ओनेल हेर्नान्डेजले गोल गरे । खेलको २१औं मिनेटमा टोमिनेले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका… पुरा पढौ

आर्सनल-क्रिस्टल प्यालेस बराबरीमा रोकिए

आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेससँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । आर्सनलका लागि सोक्राटिस पपास्टथोपउलोस र डेभिड लुइसले गोल गरेका थिए । यता, क्रिस्टल प्यालेसका लागि मिलिभोजेभिच र जोर्डन अयवले गोल गरेका थिए । खेलको सातौं मिनेटमा सोक्राटिसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि… पुरा पढौ

टोटनहृयाममाथि लिभरपुलको जित

लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले टोटनहृयामलाई २-१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र जोर्डन हेन्डरसनले गोल गरे । टोटनहृयामका लागि भने हृयारी केनले गोल गरे । खेलको पहिलो मिनेटमा नै हृयारी केनले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १-० गोलअन्तरले पछि परेको घरेलु टोली लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन… पुरा पढौ

नेपालका सौगात र रायनालाई स्वर्ण

नेपालका सौगात विक र रायना शाहले एसियाली यू–१४ र्याँकिंग सी–२ टेनिस च्याम्पियनसिपमा शुक्रबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा सौगात तथा गल्समा रायना पहिलो भएका हुन्। नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा सौगातले नेपालकै चिराग तिम्सिनालाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे । सौगातले प्रतियोगितामा दोहोरो स्वर्ण जिते । बिहीबार पुरुष डबल्समा सौगातले भारतका मनुराज सिंहसंग मिलेर स्वर्ण जितेका थिए । गल्र्स डबल्समा नेपालका अजा रेग्मी… पुरा पढौ

पपुवा न्युगिनी विश्वकपका लागि छानियो

पपुवा न्यु गिनी २०२० मा अस्ट्रेलियामा आयोजना टि-२० विश्वकप खेल्न छनौट भएको छ। पपुवा न्यु गिनी कुनै पनि आईसीसी विश्वकपमा छनौट भएको यो पहिलो पटक हो। समुह ‘ए’ अन्तर्गत केन्या बिरुद्ध ४५ रनको जित निकाल्दै समान १० अंक रहेता पनि नेदरल्याण्डलाई नेट रन रेटमा पछि छाड्दै पपुवा न्यु गिनी छनौट भयो। समुह ‘बि’ अन्तर्गत आयरल्याण्ड विश्वकप छनौट  हुने लगभग पक्का जसोछ। समुह चरणको अन्तिम खेलमा युएईले क्यानडालाई ठुलो अन्तरले पराजित गरेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं