पपुवा न्यु गिनी २०२० मा अस्ट्रेलियामा आयोजना टि-२० विश्वकप खेल्न छनौट भएको छ। पपुवा न्यु गिनी कुनै पनि आईसीसी विश्वकपमा छनौट भएको यो पहिलो पटक हो।
समुह ‘ए’ अन्तर्गत केन्या बिरुद्ध ४५ रनको जित निकाल्दै समान १० अंक रहेता पनि नेदरल्याण्डलाई नेट रन रेटमा पछि छाड्दै पपुवा न्यु गिनी छनौट भयो। समुह ‘बि’ अन्तर्गत आयरल्याण्ड विश्वकप छनौट हुने लगभग पक्का जसोछ।
समुह चरणको अन्तिम खेलमा युएईले क्यानडालाई ठुलो अन्तरले पराजित गरेको खण्डमा युएईको पनि छनौट हुने सम्भावना रहेको छ। आयरल्याण्डको नेट रन रेट +१.५९१ र युएईको +०.६५६ रहेकोले आयरल्याण्डलाई पछि पार्नु असम्भव जसो रहेको छ।
समुह चरणको खेलपछि दुइ समुहका उत्कृस्ट २ टिम स्वतः विश्वकपमा छनौट हुनेछन् भने अन्य उत्कृस्ट ३ मा रहेका टिमले प्ले-अफ खेलहरु खेलेपछि बाँकी ४ टोलिको टुंगो लाग्नेछ।
अंकतालिका

१९/६ को स्थितिबाट पपुवा न्यु गिनीको कम्ब्याक
केन्या बिरुद्ध ४५ रनको जित देख्दा ठुलो अन्तर देखिएता पनि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा पपुवा न्यु गिनी एक समय मात्र ४ओभरमा १९/६ को अत्यन्त कमजोर स्थितिमा थियो।
तर त्यसपछि सातौँ विकेटकोरुपमा सेसे बाउ र नोर्मन भानुवाले ७७ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए। बाउले १७ रन बनाए भने भानुवाले ५४ रन बनाए जुन क्रममा ४८ बलमा ३ चौका र २ छक्का प्रहार गरे। सोहि साझेदारीको बलमा उसले १९.३ ओभरमा सबै विकेट गुमाएर ११८ रन बनायो। केन्याको बलिङ्गमा इमानुएल बुन्डीले १८ रन खर्चेर ४ विकेट लिए।

११९ रनको लक्ष्य पछ्याउने क्रममा केन्याले १८.४ ओभरमा ७३ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।
पपुवा न्यु गिनीको बलिङ्गमा कप्तान असद भालाले मात्र ७ रन खर्चेर ३ विकेट लिए भने नोसैना पोकानाले २१ रन खर्चेर ३ विकेट लिए। केन्याको लागि ओपनर इरफान करिमले सर्वाधिक २९ रन बनाए। नोर्मन भानुवा खेलको प्लेयर अफ द म्याच चुनिए।




