खेलकुद

बिच भलिबलमा श्रीलंकाको बर्चश्व

१३ औं साग अन्तर्गत बिच भलिबलमा महिलातर्फ नेपालले कांस्य जितेको छ । पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई सेमिफाइनलमा २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरेको हो । नेपालका दुवै टिम समूह उपविजेता हु“दै सेमिफाइनल प्रवेश गरेका थिए । श्रीलंकाका दुवै टिम समूह विजेता बन्दै फाइनल प्रवेश गरेका थिए । पुरूषतर्फ नेपालको दुवै टिम लिग चरणबाट बाहिरिए । श्रीलंकाको महिला… पुरा पढौ

बंगलादेश च्याम्पियन साग महिला क्रिकेट

१३औँ सागअन्तर्गत पोखरामा भएको महिला टि–२० क्रिकेटको उपाधि बंगलादेश जितेको छ। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा बनाएको थियो।  बंगलादेशले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा ४ रन मात्र बनाउन सक्यो। बंगलादेशका बलरले श्रीलंकाका ब्याट्समेनले खुलेर ब्याट चलाउन सकेनन्। ९२ रनको लक्ष्य पछ्याएको श्रीलंका ८९ रनमै आउन भयो।  बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन… पुरा पढौ

१३ श्रीलंकाली खेलाडीलाई डेंगु

साग खेल्न आएका १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण भएको छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।  महिला फुटबलर गायथ्री नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको छ । महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुका उनलाई काठमाडौं ल्याइएको थियो । डेंगु संक्रमण भएर अस्पताल भर्ना हुनेमा एथलेटिक्सबाट स्वर्ण विजेता अमासा डी सिल्भा पनि छिन् । उनले महिलातर्फ चार गुुणा सय मिटर दौडमा स्वर्ण र सय मिटर… पुरा पढौ

बिच भलिबलमा नेपालको मिश्रित परिणाम

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिच भलिबलमा शनिबार नेपाली टिमले मिश्रित परिणाम ल्याएको छ । लेकसाइडस्थित बाराही मैदानमा भएको खेलमा पुरुष टिमले १ जित र ३ हार व्यहोरेको छ । नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीमाथि २१–१६ र २१–१७ को जीत निकाल्यो । मान र दिलको जोडी अर्को खेलमा पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीस“ग २१–१९, १५–२१ र १०–१५… पुरा पढौ

ह्यान्डबल फाइनलमा नेपाल–भारत आमनेसामने

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ह्यान्डबलमा नेपाली महिला टोली पहिलो पटक फाइनलमा पुगेको छ । शनिबार भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई २२–२१ गोल अन्तरले पराजित गरेको हो । यसअघि महिला ह्यान्डबलमा नेपाली टिमलले सहभागिता जनाए पनि कुनै पदक उचालेको थिएन् । उपाधिका लागि नेपाल आइतबार भारतसँग भिड्नेछ । खेलमा नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् । शनिबार भएको महिला ह्यान्डबलको सेमिफाइनलमा भारतले बंगलादेशलाई ४१–१३ गोल अन्तरले हरायो… पुरा पढौ

खपौदीमा प्याराग्लाइडिङ दुर्घटना, २ जना घाइते

पोखरा १८ सराङकोट भएको प्याराग्लाइडिङ दुर्घटनामा २ जना घाइते भएका छन् । शनिबार बिहान साढे १० बजे सराङकोटबाट उडेको माउन्टेन ओभर भ्यु कम्पनीको प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा खपौदीमा दुर्घटना भएको हो । दुर्घटनामा पाइलट सुरज गुरुङ र यात्रु भारतीय कुनाल राजेन्द्र साह घाइते भएका छन् । अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटना भएको र उनीहरुलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ । पुरा पढौ

सागमा नेपालको हरेक दिन कीर्तिमान

१३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले हरेक दिन कीर्तिमानलाई अझ मजबुद बनाउँदै गएको छ । नेपालले स्वर्णपदकको संख्या थप्दै गएपछि कीर्तिमान पनि हरेक दिन बन्दै गएको हो ।  नेपालले १२ औं सागसम्म जम्मा ७१ स्वर्णपदक जितेको थियो । सन् १९९९ को काठमाडौंमा सम्पन्न आठौं सागमा नेपालले ३१ स्वर्णपदक जितेको थियो ।  त्यसअघि र पछि नेपालले स्वर्णपदकमा दोहोरो अंक छुन सकेको थिएन । यसपटक भने नेपालले ३१ को आँकडा पार… पुरा पढौ

४१ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

 १३ औं दक्षिण एशियाली खेलकुद (साग) को छैंठौ दिन नेपालले थप पाँच स्वर्ण जितेको छ । यो सँगै नेपालको स्वर्ण संख्या ४१ पुगेको छ । नेपालले सागमा ५० स्वर्ण जित्ने लक्ष्य लिएकोमा नजिक पुगिसकेको छ । जुडो र फुटबलमा नेपालले पदकको आशा राखेकाले लक्ष्य भेटिने सम्भावना बलियो भएको छ । नेपालले एथलेटिक्स, पौडी र भारत्तोलनमा स्वर्ण जितेपछि प्रदर्शन सोचे भन्दा राम्रो भएको हो । नेपालले शुक्रबार गल्फमा दुई, एथलेटिक्स, पौडी… पुरा पढौ

पहिलो पटक सिंगल्सतर्फ नेपाललाई पदक

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसमा नेपालले ४ पदक हात पारेको छ। सोमवारदेखि लैनचौरस्थित टिटी हलमा भएको प्रतियोगितामा नेपालले पुरुष टिम इभेन्टमा रजत, महिला टिम इभेन्टमा कास्य, पुरुष सिंगल्समा पुरुषतर्फ स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक हात पारेका हुन्। भारतीय खेलाडीसँग पराजित भएका नेपाली खेलाडी स्यान्टु र पुरुषोत्तमले टेबलटेनिसको साग इतिहासमा सिगल्सतर्फ पहिलो पटक पदक जितेका हुन्। शुक्रबार बिहान भएको सेमिफाइनलमा युवा स्टार स्यान्टु श्रेष्ठ भारतीय खेलाडी… पुरा पढौ

बिच भलिबलमा लयमा फर्किंदै नेपाल

बिहीबार निराशाजनक प्रदर्शन गरेको नेपालको बिच भलिबल टोलीले शुक्रबार आफूलाई सुधारेको छ । पुरुष र महिलाका २÷२ टिमले शुक्रबारका सबै खेलमा जित हासिल गरेका हुन् । फेवा किनारको बाराही मैदानमा भएको बिच भलिबलमा नेपालका खेलाडी उत्कृष्ट प्रदर्शन गर्दै लयमा फर्किए । नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले शुक्रबार बंगलादेशका शेख मोहम्मद साने र हैदर मोहम्मद इमरानको जोडीलाई २१–१५ र २१–१८ ले पराजित ग¥यो । राजु विक र सञ्जु शाहको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं