खपौदीमा प्याराग्लाइडिङ दुर्घटना, २ जना घाइते

पोखरा १८ सराङकोट भएको प्याराग्लाइडिङ दुर्घटनामा २ जना घाइते भएका छन् । शनिबार बिहान साढे १० बजे सराङकोटबाट उडेको माउन्टेन ओभर भ्यु कम्पनीको प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा खपौदीमा दुर्घटना भएको हो ।

दुर्घटनामा पाइलट सुरज गुरुङ र यात्रु भारतीय कुनाल राजेन्द्र साह घाइते भएका छन् । अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटना भएको र उनीहरुलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।