खेलकुद

नेपालको जम्मा ५० रन

१३ औं साग अन्तरगत नेपाल र बंगलादेशबीचको महिला क्रिकेट टिम अहिले पोखरामा प्रतिस्पर्धा गरिरहेका छन् । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५० रनमै समेटिएको छ । १९.२ ओभरमा अलआउट भएको नेपालका लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बटुल्न सके । बंगलादेशकी रबिया खानले ४ विकेट लिइन् । नेपालकी ओपनर काजल श्रेष्ठ ५ बल खेल्दै खाता नखोली आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । अर्की ओपनर सीता… पुरा पढौ

सागमा आज १६ खेल, यस्तो छ तालिका

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । केही खेलहरु बुधबार सकिँदैछन् भने केही खेलहरु बुधबारदेखि नै सुरु हुँदैछन् ।  सागमा बुधबार एथ्लेटिक्स, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, खो खो, सुटिङ, टेबलटेनिस, ट्रायथोलन, टेनिस, कबड्डी र ह्यान्डबल उसुको प्रतिस्पर्धा हुनेछ । महिला क्रिकेट, ब्याडमिन्टन, ट्रायथलन र ह्यान्डबल पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौंमा हुनेछ । –तेक्वान्दोमा पनि गेरुगीतर्फका खेलहरु हुनेछन् । –एथ्लेटिक्समा ९ स्पर्धामा… पुरा पढौ

नेपाल २३ स्वर्णसहित शिर्ष स्थानमा

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो दिनको खेल सकिद थप ८ स्वर्ण जितेर कुल २३ स्वर्ण पदक जितेको छ । सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको नेपालले मंगलबार भएको खेलमा ८ स्वर्ण जितेको हो । नेपालले आज उसु, कराँते र तेक्वान्दोमा २-२ स्वर्ण जितेको छ  छ भने एथलेटिक्स र ट्रायथलनमा एक एक स्वर्ण जितेको हो । त्यस्तै महिला भलिबलमा स्वर्ण पदकको नजिक पुगेर पनि नेपाल ३-२ को सेटमा… पुरा पढौ

भुटानविरुद्ध नेपालको शानदार जित

१३ औं साग फुटबलमा नेपाली टोलीले भुटानविरुद्ध सहज जित हात पारेको छ। मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानमाथि ४–० को जित निकालेको हो। खेलको ५ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पहिलो गोल गर्दै अग्रता दिलाएका उनले ५० औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई सुरक्षित अवस्थामा पु¥याएका थिए । ६५ औँ मिनेटमा अभिशेष रिजालले तेस्रो गोल गरे । ७७ औँ मिनेटमा मिक्चेन तामाङले फ्रिकिकमार्फत आकर्षक गोल गर्दै नेपालको जित सुनिश्चित… पुरा पढौ

डुवाथोलनमा नेपाललाई एक स्वर्ण र दुई रजत

नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत ट्रायथोलनको आज पोखरामा सम्पन्न स्प्रिन्ट विधाको डुवाथोलन प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ एक स्वर्ण र एक रजत पदक जितेको छ । त्यसैगरी डुवाथोलनको महिलातर्फ नेपाल एक रजत पदक जित्न सफल भयो । गौरीघाटमा भएको प्रतियोगितामा निर्धारित पाँच किमी दौड, २० किमी साइकल र पुनः दुई दशमलव पाँच किमी दौड ५७ मिनेट ३३ सेकेण्डमा पूरा गरी नेपालका हिमाल टमाटाले देशलाई स्वर्ण पदक दिलाएका हुन् । नेपालकै… पुरा पढौ

साग क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित

१३औ दक्षिण एशियाली खेलकुद (साग अन्तर्गत आजदेखि शुरु भएको टी ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंकाको यू–२३ टोलीसँग पराजित भएको छ। किर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाले नेपालमाथि ६ विकेटको जित हात पारेको हो। नेपालले दिएको १७३ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो । नेपालले अब अर्को खेल विहिबार भुटानविरुद्ध खेल्ने छ । पुरा पढौ

महिला फुटबलमा नेपालको जित

१३ औं साग खेलकुद अन्तर्गत महिला फुटबलतर्फको खेलमा नेपालले श्रीलंकालाई हराएको छ । पोखरा रंगशालामा भएको खेलमा सरु लिम्बुले ८६ औँ मिनेटमा गोल गरेपछि नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो । नेपालले ५ डिसेम्बरमा माल्दिभ्स र ७ डिसेम्बरमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । फुटबलतर्फ सहभागी पाँच टिममा सबैभन्दा धेरै अंक बुटल्ने दुई टिमले स्वर्णका लागि फाइनल भिडन्त गर्नेछन्। पुरा पढौ

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका २ कीर्तिमान

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता मार्फत अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा डेब्यु गरेको माल्दिभ्सलाई १० विकेटले पराजित गर्ने क्रममा नेपाली महिला टोलीले पोखराको मैदानमा सोमबार दुई किर्तिमान बनाएको छ । नेपालका लागि अन्तराष्ट्रिय खेलमा डेब्यु गरेकी अन्जली चन्दले अन्तराष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नयाँ किर्तिमानी बनाउँदा नेपालले ५ बलमै जित निकाल्दै अर्को विश्व किर्तिमानी बन्न पुग्यो । अन्जलीसँगै सरस्वती कुमारीले पनि साग मार्फत अन्तराष्ट्रिय टी–२०मा डेब्यु गरेकी थिईन् । पोखरा रंगशालास्थित क्रिकेट… पुरा पढौ

ब्याडमिन्टनको टिम इभेन्टमा नेपाललाई कास्य

१३ औं दक्षिण एसियाली साग अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला टिम इभेन्टमा नेपालले कास्य पदकमै रोकिएको छ । आज भएको सेमीफाईलन प्रतिस्पर्धाबाट नेपाल माथि उक्लिन सकेन् । पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा सोमबार भएको खेलमा नेपालका महिला तथा पुरुष दुबै टोली श्रीलंकासँग पराजित भएपछि नेपालले काश्यमा चित्त बुझाएको हो । बिजयी श्रीलंका भने फाइनलमा प्रवेश गरेको छ । श्रीलंकाले पुरुषतर्फ नेपाललाई ३–१ को सेटमा तथा महिलातर्फ ३–० को… पुरा पढौ

आयशाले जितिन् ९ औं स्वर्ण

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालले अर्को स्वर्ण जितेको छ । २९ वर्ष माथि उमेर समूहको पुम्सेको महिला एकलतर्फ आयशा शाक्यले स्वर्ण जितेकी हुन् । यससँगै सागमा नेपालको स्वर्ण ९ पुगेको छ । यसअघि भारतमा भएको १२ औं सागमा नेपालले पूरै प्रतियोगितामा जम्मा ३ स्वर्ण जितेको थियो । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं