महिला फुटबलमा नेपालको जित

१३ औं साग खेलकुद अन्तर्गत महिला फुटबलतर्फको खेलमा नेपालले श्रीलंकालाई हराएको छ ।

पोखरा रंगशालामा भएको खेलमा सरु लिम्बुले ८६ औँ मिनेटमा गोल गरेपछि नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो ।

नेपालले ५ डिसेम्बरमा माल्दिभ्स र ७ डिसेम्बरमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । फुटबलतर्फ सहभागी पाँच टिममा सबैभन्दा धेरै अंक बुटल्ने दुई टिमले स्वर्णका लागि फाइनल भिडन्त गर्नेछन्।