भुटानविरुद्ध नेपालको शानदार जित

१३ औं साग फुटबलमा नेपाली टोलीले भुटानविरुद्ध सहज जित हात पारेको छ।

मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानमाथि ४–० को जित निकालेको हो।

खेलको ५ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पहिलो गोल गर्दै अग्रता दिलाएका उनले ५० औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई सुरक्षित अवस्थामा पु¥याएका थिए ।

६५ औँ मिनेटमा अभिशेष रिजालले तेस्रो गोल गरे । ७७ औँ मिनेटमा मिक्चेन तामाङले फ्रिकिकमार्फत आकर्षक गोल गर्दै नेपालको जित सुनिश्चित गरेको हो ।