१३औ दक्षिण एशियाली खेलकुद (साग अन्तर्गत आजदेखि शुरु भएको टी ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंकाको यू–२३ टोलीसँग पराजित भएको छ।
किर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाले नेपालमाथि ६ विकेटको जित हात पारेको हो।
नेपालले दिएको १७३ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो ।
नेपालले अब अर्को खेल विहिबार भुटानविरुद्ध खेल्ने छ ।




