नेपाल २३ स्वर्णसहित शिर्ष स्थानमा

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो दिनको खेल सकिद थप ८ स्वर्ण जितेर कुल २३ स्वर्ण पदक जितेको छ । सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको नेपालले मंगलबार भएको खेलमा ८ स्वर्ण जितेको हो ।

नेपालले आज उसु, कराँते र तेक्वान्दोमा २-२ स्वर्ण जितेको छ  छ भने एथलेटिक्स र ट्रायथलनमा एक एक स्वर्ण जितेको हो । त्यस्तै महिला भलिबलमा स्वर्ण पदकको नजिक पुगेर पनि नेपाल ३-२ को सेटमा पराजित हुदै रजतमा चित्त बुझाएको छ ।

उसु खेलमा विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोतर्फ स्वर्ण जिते भने तेक्वान्दोमा काजल श्रेष्ठ र वीरबहादुर महरा तथा कराँतेमा नविन रसाइली र सनिता महर्जनले नेपाललाई स्वर्ण पदक जिताए ।

त्यस्तै एथ्लेटिक्समा नेपालले मंगलबार कीर्तिमानी स्वर्ण पदक जित्यो । सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जितेर सागमा महिलातर्फ एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

मंगलबार नेपालले ट्रायथलनमा एक स्वर्ण र दुई रजत जित्यो । पोखरामा भएको ट्रायथलन अन्तर्गत दुवाथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जिते भने लक्ष्मण मल्लले रजत जितेका हुन् । त्यस्तै महिलातर्फ नेपालकी हुमी बुढा मगरले रजत जितिन् ।

नेपालले अहिलेसम्म कराँतेतर्फ ९ स्वर्ण पदक जितेको छ भने तेक्वान्दोतर्फ ९ स्वर्ण पदक जितेको छ । त्यस्तै नेपालले उसुतर्फ २, पोखरामा भएको ट्रायथलन २ स्वर्ण र एथलेटिक्समा एक स्वर्ण जितेको छ ।

सोमबार नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ स्वर्ण जितेको थियो ।

योसंगै अहिलेसम्म नेपालको स्वर्ण पदक संख्या २३ पुगेको छ । त्यस्तै रजत पदक संख्या ९ र काश्य पदक १२ गरि कुल ४४ पटक जितेर शिर्ष स्थानमा रहेको छ । त्यस्तै भारतले १५  स्वर्ण १६ रजत र ९ काश्य गरि कुल ४०  पदक जितेको छ । त्यस्तै श्रीलंकाले ५ स्वर्ण, १४ रजत र २७ काश्यसहित ४६ पदक जितेको छ ।

त्यस्तै पाकिस्तानले ४ स्वर्ण ११ रजत र १० कास्य पदक जितेको छ भने बंगलादेशले ४ स्वर्ण, ३ रजत र २१ काश्य पदक जितेको छ ।

त्यस्तै माल्दिभ्सले साग खेलको इतिहासमा नै पहिलो पटक सय मित्र दौडमा स्वर्ण पटक जितेर इतिहास बनाएको छ । त्यस्तै भुटानले अहिलेसम्म ३ काश्य पदक जितेको छ । 

अहिलेसम्म नेपाली खेलाडी को-कसले जिते पदक :
स्वर्ण पदक विजेता 

 कराँतेतर्फ :
 १.    कराँते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.    कराँते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.    कराँते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.    कराँते (५५ केजी) – लक्ष्मण तामाङ
५.    कराँते (८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ
६.    कराँते (४५ केजी मुनी)- कुसुम खड्का
७.    कराँते (५० केजी मूनि) अनु अधिकारी
८.    कराँते (६७ केजी ) नविन रसाइली
९.    कराँते (६८ केजी) सुनिता महर्जन 
 
तेक्वान्दोतर्फ : 

१.    तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ 
२.    तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
३.    तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
४.    तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
५.    तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
६.    पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
७.    पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
८.    तेक्वान्दो – काजल श्रेष्ठ
९.    तेक्वान्दो – वीर बहादुर महरा    

ट्रायथलनतर्फ 

१.    सोनी गुरुङ
२.    हिमाल टमाटा 

उसुतर्फ :

१.    विजय सिंजाली (थाउलो)
२.    सुस्मिता तामाङ (थाउलो थानछ्वान)

एथलेटिक्स

१.    सन्तोषी श्रेष्ठ – एथलेटिक्स (१० हजार मिटर)

रजत पदक विजेता :

१.    चन्चला दनुवार- कराते (एकल काता) 
२.    दिवस श्रेष्ठ – कराते (८४ केजी मूनि)
३.    अनु गुरुङ –  कराते (६१ केजी )
४.    कृष्णबहादुर तामाङ – तेक्वान्दो पुम्से (१७–२३ वर्ष)
५.    लक्ष्मण मल्ल- (ट्रायथलन)
६.    भलिबल (महिला)
७.    हुमी बुढा मगर – (ट्रायथलन)   

कास्य पदक विजेता :

१.    रेजिन रिमाल – तेक्वान्दो पुम्से (२९ वर्ष माथि)
२.    अस्मिन राउत र सिना मादेन लिम्बु – तेक्वान्दो पुम्से (१७–२३ वर्ष)
३.    जितबहादुर बोट र पार्वती गुरुङ – तेक्वान्दो पुम्से (२३–२९ वर्ष)
४.    शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ – पुरुष टिम पुम्से (१७ –२३ वर्ष) 
५.    कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु – पुरुष टिम पुम्से (२३ वर्षमाथि)
६.    बसन्त थारु – ट्रायथलन
७.    राजीव पुडासैनी – कराँते- टंक कार्की- एथलेटिक्स (१५०० मिटर)
८.    टाँक कार्की – एथ्लेटिक्स (पुरुष १५ सय मिटर)