नेपाल ओमानसँग १८ रनले पराजित

आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमनसँग पराजित भएको छ ।

बुधवार कीर्तिपुस्थित टीयू मैदानमा भएको खेलमा नेपाल ओमानसंग १८ रनले पराजित भएको हो ।

नेपालले पहिलो ओडिआई खेलमा टस जित्दै पहिले ओमानलाई ब्याटिङको निम्तो दिएको थियो । ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो । तर मध्यम लक्ष्य पाएको नेपालले शुरुआतमै विकेट गुमाउँदा राम्रो ब्याटिङ गर्न सकेन । नेपालले ४६।५ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा, पारस खड्का ३ रनमा, आरिफ सेख ६ रनमा, रोहित पौडेल र करण कसी शुन्यमा आउट भएका थिए ।

ओमानका बलर जिशाम मकसुदले ३ विकेट लिए कलीमुल्लाहले २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउदै १९७ रन बनाएको थियो ।

ओमानका लागि मोहमद नदीमले सर्वाधिक ६९ रन बनाए भने सन्दीप गोउडले ३३ रन बनाए । त्यस्तै कप्तान जीशान मकसुदले २० रन बनाए भने अकिब इयासले १६ रन बनाएका थिए । त्यस्तै नासीम खुशीले २८ रन बनाए ।

नेपाली बलर करण केसीले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए । करणले ८ ओभरमा ४७ रन दिएर ४ विकेट लिएका हुन् ।

त्यस्तै सुशान भारीले ३ विकेट लिए । भारीले एकदिवसीय अन्तर्राष्ट्रिय खेलको डेभ्यु खेलमा उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका हुन् । उनले १० ओभरमा १४ रन बनाएर ३ विकेट लिएका थिए ।

त्यस्तै दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए । सन्दीप लामिछाने भने यस खेलमा विकेट विहिन बने । उनले १० ओभरमा एक मेडनसहित ४५ रन दिएका थिए ।