खेलकुद

बार्सिलोनाले लेभान्तेलाई हरायो

स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्तेलाई हराएको छ । स्टार लियोनल मेस्सीको सुस्तताकाबीच बार्सिलोना हावी भएको हो । अंशु फाती चम्किएको खेलमा बार्सिलोनाले लेभान्तेलाई २ -१  ले हराएको हो । आईतबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा लेभान्तेलाई २–१ ले पराजित गर्यो । बार्सिलोनाका जितमा युवा स्टार फातीले दुवै गोल गरे । खेलको ३० औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । लगत्तै अर्को मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै… पुरा पढौ

रोनाल्डोको दुई गोलमा युभेन्ट्सको बिजयी

साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा सहज जित निकालेको छ । आइतबार भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । म्याथिस डी लिग्टले थप एक गोल गरे । खेलको ४० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ८० औं मिनेटमा रोनाल्डोले पुन: पेनाल्टीमा दोस्रो गोल गर्दा युभेन्ट्स २-० ले अघि रह्यो ।… पुरा पढौ

पोखरामा ‘प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुर २०२०’

पोखरामा आगामी फागुन ११ मा प्याराग्लाइडिङ वल्र्ड कप– एसियन टुर २०२० तथा १९ औं नेपाल ओपन प्याराग्लाईडिङ च्याम्पियनसिप हुदैै छ । नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघ र नेपाल प्याराग्लाईडिङ पाईल्टस क्लबको सहयोगमा पोखरामा पहिलो पटक प्याराग्लाईडिङको वल्र्डकप गर्ने तयारी गरिएको हो । ‘स्पोर्टस टुरिज्म’ प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित प्याराग्लाईडिङ वल्र्डकपले यस अघि पोखरामै दुई पटक प्रि– वल्र्डकप प्याराग्लाईडिङ च्याम्पियनसिप आयोजना भईसकेको छ । वल्र्डकपमा सहभागि हुने पाईलटले एफएआई(फेडेरेशन एरोनोटिक इन्टरनेशनल)बाट… पुरा पढौ

आर्मी फेरी लिगको शिर्ष स्थानमा

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबमाथि जित निकालेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मीले पुलिसलाई ४(२ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले २ गोल गरे भने सुमन अर्याल र सुदिल राईले एक एक गोल गरेका हुन् । त्यस्तै पुलिसका लागि बुद्ध बल तामाङ र मान बहादुर परिहारले एक एक गोल गरेका हुन् । जितसँगै १० खेलमा… पुरा पढौ

फागुन ६ गतेदेखि विद्यालयस्तरीय भलिबल प्रतियोगिता

कास्की जिल्ला भलिबल संघको आयोजना तथा सृजना विकास केन्द्र पोखराको मुख्य प्रायोजनमा आगामी फागुन ६ गतेदेखि सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा  भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल प्रतियोगितामा ५० टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । विद्यालयस्तरीय प्रतिस्पर्धामा १२ कक्षासम्म अध्ययनरत विद्यार्थी समेत सहभागि जनाउन पाउने छन् । विद्यालयस्तरीयदेखि नै भलिबलको विकास र विस्तार गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिताको विजेताले ५०/५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने… पुरा पढौ

हिमालयन शेर्पामाथि संकटाको जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटाले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा संकटाले शेर्पालाई १–० गोलले पराजित गरेको हो । खेलको २१ औं मिनेटमा विदेशी खेलाडी अजयी मार्टिन्स गोल गर्दै संकटालाइ जित दिलाएका हुन् । जितसँगै १० खेलबाट १५ अंक बनाएको संकटा छैटौं स्थानमा उक्लिएको छ भने १० खेलबाट ७ अंक बनाएको शेर्पा १२ औं स्थानमा छ । पुरा पढौ

आहा रारा गोल्डकपको १८ औं सस्करण फागुन २२ देखि

सहारा क्लबले १८ औं सस्करणको आहा रारा गोल्डकप प्रतियोगिता आगामी फागुन २२ गतेदेखि चैत १ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । क्लबले फागुनको २२ गतेदेखि आयोजना गरिने मिति तय गरिएको गोल्डकपमा १० टोलीले उपाधि प्रतिस्पर्धा गर्ने छन् । नियमित रुपमा भने १२ टोलीले बाह्रैदिन प्रतिस्पर्धा गर्ने समय तालिका हुन्थ्यो । फुटबल प्रतियोगिता गत मंसिरमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल आयोजना गरिएको मैदानमा सञ्चालन गर्ने आयोजक… पुरा पढौ

मुक्तिनाथमा स्की अभ्यास तालिम सुरु ( भिडियो )

शुक्रबारबाट मुस्ताङको मुक्तिनाथमा तेश्रो राष्ट्रिय स्की च्याम्पियनसीपको तैयारी अभ्यास सुरु भएको छ । २ दिने प्रशिक्षण अभ्यासमा ४ जिल्लाका ३६ खेलाडीले भाग लिएका छन् । संघले यसपटक २१ पुरुष र १५ महिला खेलाडीलाई हिउँको मैदानमा उतारेको हो । यसमा पुराना र केही नयाँ खेलाडी छन् । वारागुङ मक्तिक्षेत्र गाउपालिका –१ मुक्तिनाथ रानीपौवा खेल मैदानमा अल्पार्ईन स्की र नोडिक स्कीको तालिम दिईएको हो । रानीपौवाको पुर्वतर्फ करिव ३ सय मिटर लामो… पुरा पढौ

सोमबार राष्ट्रिय स्की प्रतियोगिता

हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा तेस्रो संस्करणको राष्ट्रिय स्की प्रतियोगिता आगामी सोमबार हुदैं छ । प्रतियोगिताका मुक्तिनाथ मन्दिर परिसर नजिकै आयोजना गरिने छ । स्की प्रतियोगिताको लागि विभिन्न जिल्लाका स्की खेलाडीहरु मुक्तिनाथ मन्दिर परिसर बारागुँ क्षेत्र पुगिसकेका छन् । समुन्द्र सतहदेखि झन्डै ३७ सय मिटर उचाईको मुक्तिनाथ क्षेत्रमा नेपाल स्की संघले तेस्रो पटक यो प्रतियोगिता आयोजना गर्ने तयारीसहित टोली मुक्तिनाथ पुगिसकेको छ । कास्की जिल्ला स्की संघका अध्यक्ष क्या. रामप्रसाद… पुरा पढौ

वी आर स्ट्रोङले सेभेन ए साइड आयोजना गर्ने

फेसबुक ग्रुप वी आर स्ट्रोङले सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । यही फागुन १९ देखि २१ गतेसम्म ३ दिन पृथ्वीनारायण क्याम्पसमा प्रतियोगिता हुने भएको छ । पिएनको अन्नपूर्ण खेल मैदानमा हुने प्रतियोगितामा पुरुष र महिला गरी फरक फरक रुपमा सञ्चालन हुने वि आर स्ट्रोङका एडमिन एवं कार्यक्रम संयोजक कुमार गौतमले जानकारी दिए । खेलकुद र अन्य क्रियाकलाप गरी समाजसेवामा योगदान गर्न ग्रुप खोलिएको अर्का एडमिन महेश पौडेलले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं