जाउलाखेलसँग ब्रिगेड ब्वाइज पराजित

ए डिभिजन लिग फुटबलमा जावलाखेल युथले ब्रिगेड ब्वाइज क्लवलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको मैदानमा सोमबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लवलाई १–० गोल अन्तरले पराजित गरेको हो।

जावलाखेलको जितमा खेलको ३२ औं मिनेटमा सुजित बुढाथोकीले निर्णायक गोल गरेका हुन् ।

जावलखेलले हालसम्म ४ खेलमा जित, ३ मा बराबरी र ३ खेलमा हारसहित १५ अंकमा सातौँ स्थानमा पुगेको छ।

हारसँगै २ खेलमा जित र २ खेलमा बराबरी गर्दा ६ खेल गुमाएको ब्रिगेड ११ औं स्थानमा छ ।