आर्मी फेरी लिगको शिर्ष स्थानमा

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबमाथि जित निकालेको छ ।

दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मीले पुलिसलाई ४(२ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

आर्मीको जितमा नवयुग श्रेष्ठले २ गोल गरे भने सुमन अर्याल र सुदिल राईले एक एक गोल गरेका हुन् । त्यस्तै पुलिसका लागि बुद्ध बल तामाङ र मान बहादुर परिहारले एक एक गोल गरेका हुन् ।

जितसँगै १० खेलमा २३ अंकसहित आर्मी लिगको शिर्ष स्थानमा फेरी आएको छ । त्यस्तै १० खेलमा १४ अंकसहित पुलिस क्लब सातौ स्थानमा छ ।