खेलकुद

मुख्यमन्त्री कपको उपाधि लमजुङको त्रिवेणी क्लबलाई

पहिलो पटक आयोजित गण्डकी प्रदेश मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उपाधि लमजुङको त्रिवेणी क्लबले जितेको छ । आदर्श युवा क्लबलाई उसैको मैदानमा २–० गोलले गर्दै मुख्यमन्त्री लिगको उपाधि लमजुङ पुर्याएको हो । प्रदेश लिग कमिटिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा पोखरा–२९ भण्डारढिक खेलमैदानमा आदर्शलाई घरेलु मैदानमै पराजित गर्न त्रिवेणीले पहिलो र दोस्रो हाफमा दुई गोल गर्यो । घरेलु दशर्कलाई शान्त बनाउँदै उपाधि उचाल्न अस्मिन गुरुङ र नवराज गुरुङको… पुरा पढौ

सरस्वतीको पहिलो जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै पहिलो जित निकालेको छ। मंगलबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । । सरस्वतीका लागि काजीम एडेगोके बुसारीले दुई गोल गरेका थिए भने बिनोद केसी र मनिष थापाले एक एक गोल गरेका थिए । त्यस्तै हिमालयन शेर्पाका लागि आशिष गुरुङ, विजय श्रेष्ठ र रबि थापा मगरले एक एक… पुरा पढौ

आर्दश-त्रिवेणी मुख्यमन्त्री कप उपाधि भिडन्तमा

गण्डकी प्रदेश मुख्यमन्त्री कप लिग फुटबलको उपाधिको लागि घरेलु क्लब आदर्श युवाक्लबले पाहुना टोली लमजुङको त्रिवेणी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । आर्दशले भीमाद युथ क्लब तनहुलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा लमजुङको त्रिवेणीले स्याङजाको होराईजन क्लबको चुनौतिलाई पन्छाउँदै फाईनल यात्रा तय गरेका हुन् । आर्दश युवा क्लब घरेलु मैदानमा टाईब्रेकरमा जित आत्मसात गर्दै मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितको फाईनल प्रवेश गरेको छ । प्रदेश लिग कमिटिको आयोजना तथा कास्की जिल्ला… पुरा पढौ

एपीएफमाथि पुलिस क्लबको सहज जित

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले बिभागीय टिम एपीएफलाई पराजित गरेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले एपीएफलाई १(० गोल अन्तरले पराजित गरेको हो । खेलको १३औ मिनेटमा गोल गर्दै कप्तान भोला सिलवालले पुलिस क्लबलाई जित दिलाएका हुन् । जितपछि पुलिस क्लब ९ खेलमा १४ अंकसहित लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्यस्तै ९ खेलपछि केवल ५ अंक रहेको एपीएफ भने लिगको १३औ… पुरा पढौ

गर्विलो इतिहास लेखेको पश्चिमाञ्चल अहिले शून्यता

हिजोको पश्चिमाञ्चलको भलिबलमा गर्विलो छवि थियो । हरेक उपाधि पश्चिमाञ्चलको नाममा लेखिन्थ्यो । तर समय फेरिएको छ । पश्चिमाञ्चलको महिला तथा पुरुष भलिबल शून्यता झरेको छ । शून्यतामा झरेसँगै काठमाडौंमा सञ्चालन भईरहेको एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन सकेन् । सहभागिता नहुनुले पश्चिमाञ्चलको भलिबलस्तरलाई मापन गरिदिएको छ । भलिबलमा पश्चिमाञ्चल उर्वर भूमी हो । क्षेत्रीय तथा राष्ट्रियस्तरको भलिबलको उपाधि एकपछि अर्को गरी पश्चिमाञ्चलको नाममा रहन्थ्यो ।… पुरा पढौ

कप्तान अरुणा १ लाखको प्रतिभा वर्ष पुरस्कारबाट सम्मानित

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा एक लाख नगद पुरस्कारसहित सम्मानित भएकी छन् । पोखरा ३ नदिपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले नेपाली खेलक्षेत्रमा शाहीले पु¥याएको योगदानको कदरस्वरुप शाहीलाई पोखरामा एक समारोहकाबीच सम्मान गरेका जनाएको छ । शाहीकै नेतृत्वमा नेपाली महिला भलिबल टीमले अहिलेसम्मकै उच्च प्रदर्शनका साथ हालै सम्पन्न साग गेममा रजत पदक जितेको थियो । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले शाहीलाई विद्यालयको तर्फबाट एक लाखसहित प्रशंसापत्र र दोसल्ला… पुरा पढौ

अस्ट्रेलियाको बिग बास छाडेर स्वदेश फर्कदै सन्दीप

राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग छाडेर सोमबार स्वदेश फर्कने भएका छन्।। माघ २२ देखि २९ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक ओडीआई सिरिजका लागि सन्दीप मेलबर्न स्टार्सबाट क्वालिफयार खेल छाडेर नेपाल फर्किन लागेका हुन् । जारी बिग बासमा सन्दीपले १३ खेलमा १५ विकेट लिएका छन्। यो सँगै सन्दीपको टि–ट्वान्टी क्रिकेटमा आफ्नो विकेट संख्या ९९ पुगेको छ। सन्दीप नेपाल फर्कने भएपछि स्टार्सका… पुरा पढौ

सरस्वतीलाई पराजित गर्दै मनाङ शीर्ष स्थानमा

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै खेल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङले सरस्वतीलाई १ ० गोल अन्तरले परजित गरेको हो । बिमल रानाले खेलको ४६औ मिनेटमा गोल गर्दै मनाङलाई जित दिलाएका हुन् । अपराजित मनाङ मस्र्याङदी क्लब ४ खेलमा जित र ४ खेलमा बराबरी गर्दै ‘ए’ डिभिजन लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातारको… पुरा पढौ

विश्व क्रिकेट लिग–२ खेल्ने नेपाली टोलीको घोषणा

आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल, ओमान र अमेरिकासँग कीर्तिपुरस्थित त्रिवि मैदानमा यही माघ २२ देखि २९ गतेसम्म हुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । प्रतियोगिताका लागि कप्तान मल्लसहित दीपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण… पुरा पढौ

मलेसिया माथि क्लिन स्वीप

अन्तिम दिन बिहीबार नेपाल भ्रमणमा रहेको मलेसिया ११ लाई पाँच विकेटले पराजित गर्दै तीन खेलको एकदिवसीय श्रृखंला क्लिन स्वीप गरेको छ । त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले पाँच विकेटले पराजित गर्दै क्लिन स्वीप गर्दा रोहितकुमार पौडेलको उत्कृष्ट लय फेरी एक पटक पोखराको क्रिकेट मैदानमा देखियो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भईरहेको एक दिवसीय खेलको अन्तिम दिन रोहितले ८१ रनको इनिङ्स खेल्दै मलेसियाँले दिएको १५९ रनको लक्ष्यलाई पाँच विकेट… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं