सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै पहिलो जित निकालेको छ।
मंगलबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । ।
सरस्वतीका लागि काजीम एडेगोके बुसारीले दुई गोल गरेका थिए भने बिनोद केसी र मनिष थापाले एक एक गोल गरेका थिए ।
त्यस्तै हिमालयन शेर्पाका लागि आशिष गुरुङ, विजय श्रेष्ठ र रबि थापा मगरले एक एक गोल गरेका थिए ।
सरस्वतीले ९ खेलमा १ जित, १ बराबरी र ७ हारसहित ४ अंक हासिल गरेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।
त्यस्तै ९ खेलमा ७ अंक जोडेको हिमालयन शेर्पा भने खेलको १२औ स्थानमा रहेको छ ।




