खेलकुद

हिमालयन शेर्पामाथि थ्रीस्टारको सहज जित

सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहिबार भएको पहिलो खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई ३–१ गोलले पराजित गरेको हो । थ्री स्टारले खेलको छैटौं मिनेटमा शुशिल राईको गोलको मद्दतमा अग्रता लिएको थियो । हिमालय शेर्पाका स्टेफन समिरले गोेल गर्दै बराबरीमा ल्याएका थिए । बराबरी गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै सन्जोक राईले उत्कृष्ट गोल गरेपछि पहिलो… पुरा पढौ

हेटौडाका थापालाई राष्ट्रिय बुद्धिचालको उपाधि

हेटौडाका कृष्ण थापाले पोखरामा सम्पन्न राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन । ५.५ अंक प्राप्त गर्दै हेटौडा चौकीटोल निवासी थापाले युनाईटेड क्लबद्धारा सञ्चालित पोखरा महोत्सवको अवसरमा आयोजना गरिएको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका हुन । उपाधिसंगै थापाले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । एसियन एमेच्योर समेत रहेका थापा २०५६ देखी २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोश्रो स्थान हासिल गरेका थिए भने हाल इलामको गजुरमुखी चेस क्लबबाट… पुरा पढौ

दोलखा कालिञ्चोकमा माघ ९ देखि स्की खेल महोत्सव हुने

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि परेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले आउँदो बिहीबार दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की÷स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव गर्ने तयारी गरेको छ । साहसिक खेलको विकास तथा पर्यटन प्रवद्र्धन गर्न प्रतिष्ठानले विगत ४ वर्षदेखि स्की तथा स्नोबोर्डको विभिन्न कार्यक्रम गर्दै आएको छ । सदरमुकाम चरिकोटबाट १८ किमिको दूरीमा करिब ३४५० मिटर उचाईमा रहेको कुरी क्षेत्र गाडीमा डेढ घण्टा पुगिन्छ… पुरा पढौ

आजदेखि मुख्यमन्त्री कप फुटबल प्रतियोगिता शुरु

आज मंगलबारदेखि पोखरा–२९ भण्डारढीकस्थित रंगशालामा गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिता शुरु हुदैं छ । उदघाटन खेल गोरखाको बौद्ध हिमाल क्लबले कास्की लिग च्याम्पियन आर्दश क्लबसँग खेल्ने छ । दिउँसो १ बजे प्रतियोगिताको गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गर्ने छन् । प्रदेश लिग कमिटिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको व्यवस्थापन र संयोजन रहने छ भने रहने छ । मुख्यमन्त्री कपमा जिल्ला लिग बिजेता टिम स्याङजाबाट होराइजन क्लब,… पुरा पढौ

पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगिता

 एकातिर महोत्सवको रौनक चलिरहेको छ । अर्कोतिर भने खेलाडीहरु ध्यान केन्द्रीत गर्दै गोटी चाल्न व्यस्त । युनाईटेड क्लबको आयोजना र कास्की जिल्ला बुद्धिचाल संघको सह आयोजनामा पोखराको अमरसिंह माविको प्रांगणमा बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । दशौ पोखरा महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा ३० जना खेलाडीहरुको सहभागि छन् । ११ जना खेलाडी प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेका छन । प्रतियोगितामा लोकबहादुर थापा, पुजा भण्डारी, सागर शाही, महेश्वर अधिकारी र कृष्ण… पुरा पढौ

संकटा र ब्रिगेड गोलरहित बराबरीमा

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्बल र संकटा क्लबबीचको खेल बराबरी भएको छ। सोमबार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा दुवै  टिमले अन्तिम समय सम्म गोल गर्न नसकेपछि बराबरी भएको हो। ७ खेलमध्ये २ खेलमा जित, २ खेल हार र ३ खेल बराबरी खेलेको संकटाले ९ अंकसहित खेलको आठौं स्थानमा छ भने ७ खेलमध्ये २ खेलमा जित, ३ मा हार र २ बराबरी खेलेको बिग्रेड ब्वाइजले ८… पुरा पढौ

एपीएफमाथि एनआरटीको सहज जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपिएफ क्लब न्यू रोड टिम (एनआरटी)सँग पराजित भएको छ। आइतबार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको पहिलो खेलमा एनआरटीले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ गोलले पराजित गरेको हो । थियरी बिइकको गोलमा २४ औँ मिनेटमा नै एनआरटीले अग्रता बनाएको थियो। तर, पहिलो हाफको नै ४१औँ मिनेटमा एपिएफका आशिस लामाले गोल गर्दै खेल बराबरी गरेका थिए। आशिसले नै खेलको ५३ औँ मिनेटमा गोल… पुरा पढौ

सन्दीप शतक विकेट नजिक

नेपाली स्पीनर(लेगब्रेक गुगली) सन्दीप लामिछानेले अन्तराष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा शतक विकेट नजिक पुगेका छन् । उनले विभिन्न ७१ खेलमा ९६ विकेट लिईसकेका छन् । लामिछानेले अन्तराष्ट्रिय टी–२० को ७१ इनिङ्स खेल खेल्दै ९६ विकेट लिएका छन् । उनको उत्कृष्ठ स्पेल भने ४/१० हो । ७१ खेलमा उनले १५२५ बल फाल्दै १७७९ रन खर्चिएका छन् । प्राप्त सूचना अनुसार उनले ६ एकदिवसीय खेल खेलेका छन् । १८ वटा टि–२० प्रतियोगितामा आफनो… पुरा पढौ

टोटेनहम बराबरीमा रोकियो

प्रिमियर लिग फुटबलमा टोटेनहमले वाट्फोर्डसँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले वाट्फोर्डसँग गोल रहित बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा वाट्फोडले पहुना टोली टोटेनहमलाई निकै दबाबमा राखेको थियो । तर, वाट्फोडको गोल पोष्टमा टोटेनहमले १६ सट प्रहार गरेपनि गोल भने हुन सकेन । उता वाट्फोडले पनि टोटेनहमको पोष्टमा १५ सट प्रहार गरेको थियो । बराबरी भएपछि टोटेनहम अंक दुरी कम गर्ने अवसरबाटछ चुकेको छ ।… पुरा पढौ

आयोजक सेतोलाई अमन स्मृति फुटबल उपाधि

पोखरा १५ रामबजारमा भएको तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक भ्याली स्पोर्टस् क्लब सेतोले हात पारेको छ । पोखरा १५ कोलपाटनको रेम्बो एकेडेमी होम्सको खेल मैदानमा शनिबार भएको फाइनलमा एलजी एसोसिएसनलाई २–० ले पराजित गर्दै आयोजक टिमले उपाधि जितेको हो । उपाधिसँगै भ्यालीले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद १ लाख ५० हजार प्राप्त ग¥यो । उपविजेता एलजी एसोसिएसनले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित ७५ हजार रुपैयाँमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं