सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपिएफ क्लब न्यू रोड टिम (एनआरटी)सँग पराजित भएको छ।
आइतबार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको पहिलो खेलमा एनआरटीले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ गोलले पराजित गरेको हो ।
थियरी बिइकको गोलमा २४ औँ मिनेटमा नै एनआरटीले अग्रता बनाएको थियो। तर, पहिलो हाफको नै ४१औँ मिनेटमा एपिएफका आशिस लामाले गोल गर्दै खेल बराबरी गरेका थिए।
आशिसले नै खेलको ५३ औँ मिनेटमा गोल गर्दै एपिएफलाई अग्रता दिलाए । खेलको ८०औँ मिनेटमा एनआरटीका लागि जोर्डन ओओनाले गोल गर्दै खेल बराबरी बनाए । त्यसको पाँच मिनेट पछि नै दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई जित दिलाएका हुन ।
७ खेलमा १ जित, ४ हार र २ बराबरीसहित ५ अंक रहेको एपिएफ अहिले १२औँ स्थानमा रहेको छ।
७ खेलमा ४ जित, २ हार र १ बराबरी खेलेको एनआरटी ११ अंकसहित चौथो स्थानमा पुगेको छ ।






