टोटेनहम बराबरीमा रोकियो

टोटेनहम बराबरीमा रोकियो

प्रिमियर लिग फुटबलमा टोटेनहमले वाट्फोर्डसँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले वाट्फोर्डसँग गोल रहित बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा वाट्फोडले पहुना टोली टोटेनहमलाई निकै दबाबमा राखेको थियो । तर, वाट्फोडको गोल पोष्टमा टोटेनहमले १६ सट प्रहार गरेपनि गोल भने हुन सकेन ।

उता वाट्फोडले पनि टोटेनहमको पोष्टमा १५ सट प्रहार गरेको थियो । बराबरी भएपछि टोटेनहम अंक दुरी कम गर्ने अवसरबाटछ चुकेको छ ।

लिगमा २३ खेल खेलेको टोटेनहम ३१ अंक सहित तालिकाको आठौं स्थानमा छ । समान खेल खेलेको वाट्फोड २३ अंक सहित १७ औँ स्थानमा छ ।