सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्बल र संकटा क्लबबीचको खेल बराबरी भएको छ।
सोमबार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा दुवै टिमले अन्तिम समय सम्म गोल गर्न नसकेपछि बराबरी भएको हो।
७ खेलमध्ये २ खेलमा जित, २ खेल हार र ३ खेल बराबरी खेलेको संकटाले ९ अंकसहित खेलको आठौं स्थानमा छ भने ७ खेलमध्ये २ खेलमा जित, ३ मा हार र २ बराबरी खेलेको बिग्रेड ब्वाइजले ८ अंकसहित खेलको नवौं स्थानमा छ ।




