सरस्वतीलाई पराजित गर्दै मनाङ शीर्ष स्थानमा

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै खेल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

शुक्रबार दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङले सरस्वतीलाई १ ० गोल अन्तरले परजित गरेको हो ।

बिमल रानाले खेलको ४६औ मिनेटमा गोल गर्दै मनाङलाई जित दिलाएका हुन् ।

अपराजित मनाङ मस्र्याङदी क्लब ४ खेलमा जित र ४ खेलमा बराबरी गर्दै ‘ए’ डिभिजन लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

लगातारको हारसँगै पुछारमा रहेको सरस्वती क्लब भने एक अंकसहित रेलिगेसनको संघारमा पुगेको छ ।