एपीएफमाथि पुलिस क्लबको सहज जित

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले बिभागीय टिम एपीएफलाई पराजित गरेको छ ।

सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले एपीएफलाई १(० गोल अन्तरले पराजित गरेको हो ।

खेलको १३औ मिनेटमा गोल गर्दै कप्तान भोला सिलवालले पुलिस क्लबलाई जित दिलाएका हुन् ।

जितपछि पुलिस क्लब ९ खेलमा १४ अंकसहित लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्यस्तै ९ खेलपछि केवल ५ अंक रहेको एपीएफ भने लिगको १३औ स्थानमा छ ।

बम