हिमालयन शेर्पामाथि संकटाको जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटाले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

आइतबार दशरथ रंगशालामा भएको खेलमा संकटाले शेर्पालाई १–० गोलले पराजित गरेको हो ।

खेलको २१ औं मिनेटमा विदेशी खेलाडी अजयी मार्टिन्स गोल गर्दै संकटालाइ जित दिलाएका हुन् ।

जितसँगै १० खेलबाट १५ अंक बनाएको संकटा छैटौं स्थानमा उक्लिएको छ भने १० खेलबाट ७ अंक बनाएको शेर्पा १२ औं स्थानमा छ ।