खेलकुद

७ युवाले खोले पोखरा स्काइ स्पोट्स

मन पर्ने खेल खेल्ने स्थानमै रोजेको खानेकुरा पनि पाइयोस् । यस्तो चाहना पूरा गर्ने पोखरा स्काइ स्पोट्स शुक्रबारदेखि सञ्चालनमा आएको छ । पोखराको न्युरोडमा रहेको भाटभटेनी सुपरमार्केटको टप फ्लोरमा ७ युवाको लगानीमा स्काई स्पोट्स सञ्चालनमा आएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसको सुरुआत गरे । यहाँ फुटसल, लन टेनिस,बच्चाका लागि गेमिङ जोनसहित कफी, जुस बार पनि छ । स्वदेशमै केही गर्न सकिन्छ भनी आफूहरुले यो व्यवसाय थालेको प्रमुख… पुरा पढौ

नेपाल स्पोर्टस क्लबले भारतीय खेलाडी भित्रयाए

पुषको १ गतेदेखि शुरु हुने राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चौथो आर बि.बी एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिताको मिति नजिकिदैं गर्दा दुई क्लबले भारतीय खेलाडीलाई अनुबन्धन गरेका छन् । प्रतियोगितामा सहभगि हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं र नयाँबजार स्पोर्टस क्लब काठमाडौंले ३-३ जना भारतीय खेलाडीलाई अनुबन्धन गरेको प्रतियोगिताका संयोजक एवं नेपाल भलिबल संघका केन्द्रीय सदस्य राजकुमार गुरुङले जानकारी दिए । ‘खेलाडी अनुबन्धन गरिसकेका छन् ।’ उनले भने ।… पुरा पढौ

हिस्तान म्याग्दी, ताङतिङ, जेभियर र खिलाङ अन्तिम ४ मा

धन गुरुङको ३० प्वाइन्ट स्कोेरिङमा ताङतिङ ए प्रथम युनाइटेड कप बास्केट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ । अमरसिंह माबिको बास्केटवल कोर्टमा बिहीबार सम्पन्न क्वार्टर फाइनलमा ताङतिङ बीले अमरसिंहलाई ६३–५३ स्कोरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्न सफल भए । प्रतियोगितामा खिलाङ एका खेलाडी निश्चल महर्जनको २५ प्वाइन्ट स्कोरिङले काजीपोखरीलाई ५४–३९ स्कोरले पछाडि पार्दै सेमी फाइनलको यात्रा तय गर्न सफल भयो । हिस्तान म्याग्दी र बीएमबीसी बीचको खेलमा हिस्तान म्याग्दीले… पुरा पढौ

युनिप्सको स्पोर्टस मिट जारी

निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स)को चौथो स्र्पोट्स मिट अन्र्तगत फुटबल, भलिबल र कब्बडीका खेल जारी छन । प्रतियोगिताको खुल्ला विद्या तर्फ छात्र तर्फ फूटबल, छात्र–छात्रा भलिबल र कब्बडीका खेलहरु लेखनाथ भण्डारढिक स्थित खेल मैदानमा संचालन गरिएको प्रतियोगिता प्रतियोगिता प्रचार–प्रसार संयोजक सन्तोष तिवारीले जानकारी दिएका छन । बिहिबार सम्पन्न छात्र फुटबल खेल तर्फ पिनाकल एकेडेमी र कालिका ईङलिस वोर्डिङ स्कुलले जितेका छन ।… पुरा पढौ

मंसिर २९ मा ह्विलचियर बास्केटबल

लायन्स क्लब अफ पोखरा लेकसिटीको स्थापनाको २५ औं वर्ष गाँठको अवसरमा पोखरामा राष्ट्रिय स्तरको ह्विलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ । अपांगता भएका व्यक्तिहरुले पनि समाजमा केही गर्न सक्छन् भनी उनीहरुको हौसला बढाउन मंसिर २९ गते शनिबार प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मदन केसीले बताए। पोखरा रंगशालामा हुने प्रतियोगितामा काठमाण्डौंबाट २ टिमसहित ४ टिमको सहभागिता हुने भएको अध्यक्ष केसीले जनाए । प्रतियोगितामा काठमाण्डौंको जाउलाखेल ह्विलचियर क्लब र नेपाल स्पाईन कड… पुरा पढौ

पुरुष हाफ म्याराथनमा आर्मीको कब्जा, महिला दौडमा सरिता प्रथम

पाँचौ ग्रेट हिमालय पर्वतीय महोत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसरमा आयोजित पुरुष हाफ म्याराथनमा नेपाली सेनाका धावकले आधिपत्य कायम गरेका छन् । नेपालगन्जमा आगामी माघको अन्तिम सातादेखि शुरु हुने आठौं राष्ट्रिय प्रतियोगिताको तयारीको लागि जुटेका नेपाली सेनाका धावक होमलाल श्रेष्ठले मंगलबार बैकुण्ठ मानन्धर गे्रट हिमालय पर्वतीय हाफ म्याराथनको उपाधि जितेका छन् । श्रेष्ठले २१ किलोमिटरको दुरीलाई १ घण्टा २१ मिनेट २६ सेकेण्डमा पुरा गर्दै उपाधि जित्दा नेपाली सेनाकै धावक… पुरा पढौ

पुष १ देखि पोखरामा पुरुष क्बलस्तरीय लिग भलिबल

भलिबलमा विभागीय दबदबा अन्त्य गर्ने लक्ष्यमा छन पाँच क्लब । उपाधि उचाल्ने योजनासहित पाँचै क्लबले विदेशी खेलाडी भित्रयाउने तयारी गरिरहेका छन् । यद्यपी विदेशी खेलाडी भित्रयाएको जानकारी भने सार्वजनिक गरिएको छैन् । पुष १ गतेदेखि पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा पुरुष भलिबल प्रतियोगिता आयोजना हुदैं छ । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चौथो आर बि.बी एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता हुदैं छ ।… पुरा पढौ

इपिएलमा भैरहवाको लगातारदोस्रो जित

भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल)मा लगातार दोस्रो जित हासिल गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो । जितसँगै भैरहवाले चार अङ्क जोडेको छ । भैरहवाले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेलेर नौ विकेट गुमाइ १३१ रनमात्र बनाउन सक्यो । चितवनका लागि ओपनर पउल स्ट्रलिङले सर्वाधिक ३६ रन बनाए भने जोन… पुरा पढौ

रत्नजित दोश्रो चरणमा

नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ्गले बंगलादेशमा मंगलबारबाट सुरु भएको योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८ मा जित हात पारेका छन् । पुरुष एकल तर्फ रत्नजितले पुरुष एकलमा भारतका अङकुर साङ्गपाङ्ग राईलाई २१ – ११, २५ – २३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका छन् । अव उनले मलेसियाका जुल्हेल्मी जुल्किफ्ली संग प्रतिस्पर्धा गर्ने छन् । अर्का खेलाडी दिपेश धामी भने पराजित भएका छन् । धामी ईन्डोनेसियाका क्रिष्टियन एडिनाटा संग… पुरा पढौ

युनाइटेड कप बास्केटबल तयारी

पोखराको अमरसिंह माविको बास्केटबल कोर्टमा प्रथम युनाइटेड कप खुला बास्केटबल प्रतियोगिता तयारी भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आएको युनाइटेड क्लबले खेलकुद कार्यक्रमलाई स्थान दिएको हो । क्लबले मंगलबारदेखि प्रथम युनाइटेड कप आयोजना गर्न लागेको संयोजक विष्णु गुरुङले जानकारी दिए । प्रतियोगितामा १२ टिम पुरुष, ४ टिम महिला र ५ टिम भेट्रान्स तर्फ भाग लिएका छन् । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले १… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं