७ युवाले खोले पोखरा स्काइ स्पोट्स

मन पर्ने खेल खेल्ने स्थानमै रोजेको खानेकुरा पनि पाइयोस् । यस्तो चाहना पूरा गर्ने पोखरा स्काइ स्पोट्स शुक्रबारदेखि सञ्चालनमा आएको छ । पोखराको न्युरोडमा रहेको भाटभटेनी सुपरमार्केटको टप फ्लोरमा ७ युवाको लगानीमा स्काई स्पोट्स सञ्चालनमा आएको हो ।


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसको सुरुआत गरे । यहाँ फुटसल, लन टेनिस,बच्चाका लागि गेमिङ जोनसहित कफी, जुस बार पनि छ ।


स्वदेशमै केही गर्न सकिन्छ भनी आफूहरुले यो व्यवसाय थालेको प्रमुख कार्यकारी निर्देशक सुदीप दवाडीले बताए । कार्यक्रमा गण्डकी प्रदेशका सांसदद्वय राजीव पहारी र विन्दुकुमार थापा र भाटभटेनी सुपर स्टोर्सका सञ्चालक मीनबहादु गुरुङ पनि सहभागी थिए ।


कार्यक्रम पोखरा स्काई स्पोर्टस्का सुजन गुरुङको अध्यक्षतामा भएको हो । स्काइ स्पोर्टस खेल्ने र खाने कम्प्रिहेन्सिभ स्पोर्टस क्लब हो । एउटै छानामुनि विभिन्न किसिमका खेल खेल्न पाउनुका साथै आफूले रोजेको खानाका हाइजेनिक परिकार खान उपलब्ध छन् । पुल हाउस, जिम, कार्डियो, जुम्बा जस्ता सुविधासँगै स्फूर्तिका लागि साउन, स्टिम, ज्योकोजी पनि यहाँ छन् ।


ओपनिङ ईभेन्टमा डिसेम्बर १४ मा एड्रिन प्रधा, १५ मा स्वप्न सुमनको प्रस्तुति र फेसन शो आयोजना गरिएको छ । १६ तारिखमा दीपक बज्राचार्य र उनको ब्याण्डको लाइभ प्रस्तुति हुनेछ । यसमा ५ करोड बढी लगानी भइसकेको छ ।


ओपनिङ ईभेन्टमा डिसेम्बर १४ मा एड्रिन प्रधा, १५ मा स्वप्न सुमनको प्रस्तुति र फेसन शो आयोजना गरिएको छ । १६ तारिखमा दीपक बज्राचार्य र उनको ब्याण्डको लाइभ प्रस्तुति हुनेछ । यसमा ५ करोड बढी लगानी भइसकेको छ ।

पनिङ ईभेन्टमा डिसेम्बर १४ मा एड्रिन प्रधा, १५ मा स्वप्न सुमनको प्रस्तुति र फेसन शो आयोजना गरिएको छ । १६ तारिखमा दीपक बज्राचार्य र उनको ब्याण्डको लाइभ प्रस्तुति हुनेछ । यसमा ५ करोड बढी लगानी भइसकेको छ ।