खेलकुद

ब्याडमिन्टन अम्पायर अर्याल, थापा र शाक्य बंगलादेश प्रस्थान

बंगालादेश ब्याडमिन्टन संघको निमन्त्रणमा निर्णायकको भूमिका निर्वाह गर्न तीन अन्तराष्ट्रिय अम्पायरहरु उदय अर्याल, दीपक थापा र सुमित शाक्य पनि आजै त्यस तर्फ प्रस्थान गरेका छन् । ब्याडमिन्टन एशियाबाट मान्यता प्राप्त तीन नेपाली अन्तराष्ट्रिय अम्पायरहरुले बंगलादेशमा मंसिर २५ देखि पौष १ गते सम्म संचालन हुने “योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८” र पौष ३ देखि ८ गते सम्म संचालन हुने “योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय जुनियर सिरिज २०१८” का प्रतियोगिताहरुमा निर्णायकको भूमिका… पुरा पढौ

नेपाली ब्याडमिन्टन टोली बंगलादेश प्रस्थान

बिश्व ब्याडमिन्टन संघको तत्वाधान तथा बंगलादेश ब्याडमिन्टन संघको आयोजनामा बंगलादेशको राजधानी ढाकामा हुने “योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८” मा सहभागि हुन नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतृत्वमा चार सदस्यीय नेपाली ब्याडमिन्टन टोली सोमबार बंगलादेश प्रस्थान गरेको छ । बंगलादेश प्रस्थान गर्ने खेलाडीहरुमा रत्नजित तामाङ्ग, दिपेश धामी, नङ्गशल देवी तामाङ्ग रहेका छन् । अमिता गिरी पढाईका क्रममा भारतमा रहेकाले त्यतैबाट बंगलादेश प्रस्थान गर्ने छिन् । मंसिर २५ देखि पौष… पुरा पढौ

इपिएलमा ललितपुरले चितवनलाई हरायो

एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ । जीतसँगै दुई खेल खेलेको ललितपुरले २ अङ्क जोडेको छ । ललितपुरले दिएको १४४ रनको लक्ष्य पच्छाएको चितवन बीस ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा १३२ रनमा समेटियो । चितवनको लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रन जोडे । कप्तान पृथु बास्कोटले २६, भीम सार्कीले २१,्गर्जयो स्कोटले १८ तथा जोन सिम्पसमले… पुरा पढौ

अन्तर विद्यालय क्रिकेटको उपाधी सिद्धार्थलाई

 फेदीखोला क्रिकेट विकास समितिको आयोजनामा सम्पन्न अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी सिद्धार्थ मा वि फेदीखोलाले उचालेको छ ।स्याङ्जाको फेदीखोला गाँउपालिकाको सहयोगमा सम्पन्न खेलमा आर्दश मा वि आरुखर्कलाई फाइनल खेलमा २४ रनले पराजित गर्दै शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम भएको सिद्धार्थ मा वि. , द्धितिय आर्दश मा वि आरुखर्कलाई गाँउपालिकाका प्रमुख घनश्याम सुवेदीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा गाँउपालिकाका १० वटा टिमको सहभागिता रहेको… पुरा पढौ

आनन्द र पुष्प लेभल टु प्रशिक्षक हुन सफल

ट्राईथलनका प्रशिक्षक द्वय आनन्द लेप्चा र पुष्परत्न बज्राचार्य लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्षमा उत्तीर्ण हुन सफल भएका छन् । गत कार्तिक महिनाको १५ देखि १९ गते सम्म मित्र राष्ट्र दक्षिण कोरियाको इन्चोन सहरमा अन्तराष्ट्रिय ट्राईयाथलन महासंघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कोर्षमा सहभागि भएका प्रशिक्षक द्वय लेप्चा र बज्राचार्यले उक्त परिक्षा सफलतापूर्वक सम्पन्न गरि प्रमाण पत्र प्राप्त गर्न सफल भएको नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले जनाएका छन् । यस… पुरा पढौ

सोतोकानको बेल्ट ग्रेड सम्पन्न

नेपाल सोतोकान कराते संघ (एसकेडियुएन), भक्तपुर जिल्लाले खेलाडीहरुको बेल्ट ग्रेड सम्पन्न गरेको छ । राखेपका पूर्व सदस्य एवं संघका सल्लाहकार मनबहादुर न्यौपाने, संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक धिर्जेमान तामाङ्ग, महासचिव एवं बरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठको उपस्थितीमा ४ महिला र ११ पुरुष गरि १५ खेलाडीहरुको ग्रेड परिक्षण गरिएको थियो । जिल्ला अध्यक्ष तथा प्रशिक्षक अनिल श्रेष्ठ र बालकोट डोजोका प्रशिक्षक सरोज तामाङ्गले लिएका बेल्ट ग्रेड परिक्षणमा सवै प्रशिक्षार्थी खेलाडीहरुले सफलतपूर्वक परिक्षण… पुरा पढौ

सिटीको अपराजित यात्रामा चेल्सीले लगाईदियो पूर्णविराम

एजेन्सी-प्रिमियर लिगमा म्यानचेष्टर सिटीको अपराजित यात्रालाई चेल्सीले पूर्ण विराम लगाईदिएको छ । शनिबार राती भएको खेलमा चेल्सीले सिटीलाई २-० गोलले पराजित गर्दै अपराजित यात्रालाई विट मारिदियो । उता लिभरपुलले बर्नमाउथलाई पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिदाँ सिटी भने एक अंक हुदाँ दोस्रो स्थानमा खुम्चिएको छ । चेल्सीसँगको पराजयले दोस्रो स्थानमा खुम्चिए पनि चेल्सी भने चौथो स्थानमा यथावत छ । समान अंक भएको आर्सनल भने पाँचौ स्थानमा छ । पहिलो हाफको इन्जुरी… पुरा पढौ

‘वल्र्ड रग्बी ट्रफी टुर’ काठमाडौैँमा

अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी शनिबार टुँडिखेलमा सार्वजनिक गरिएको छ । नेपाल रग्बी सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरे । उक्त विश्वकप ट्रफी यही मङ्सिर १९ गते बेलायत हुँदै नेपाल ल्याइएको थियो । मंसिर २० गते उक्त ट्रफीलाई सगरमाथा आधार शिविरमा लगिएको थियो । त्यस्तै मङ्सिर २१ गते विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र पाटन दरबार स्क्वायरमा प्रदर्शन गरिएको थियो । सन् २०१२… पुरा पढौ

पहिलो पटक बडिबिल्डिङ च्याम्पियनसिप नेपालमा

अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्ती सम्मिलित ‘प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ हुने भएको छ । नेपालमा पहिलो पटक उक्त च्याम्पियनसिप फागुन ३ र ४ गते हुन लागेको हो । च्याम्यिनसिपमा २० भन्दा बढी राष्ट्रका खेलाडीको सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष सानु गुरुङले जानकारी दिए । एक करोड ८८ लाख ४२ हजार खर्च हुने सो च्याम्पियनसिपमा करीब २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाले जनाएको छ । यस्तै अमेरिकामा आइएफबिबी प्रोफेसनल… पुरा पढौ

खेलकुद महोत्सवमा कास्की मोडनाईज्ड च्याम्पियन

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल, कास्की (एनप्याब्सान कास्की) ले आयोजना गरेको एनप्याब्सान खेलकुद महोत्सवमा कास्की मोडनाईज्ड एकेडेमी च्याम्पियन बनेको छ । महोत्वसवको १२ औं सस्करणमा कास्की मोडनाईज्ड एकेडेमीले ओभरल खेलमा ३ सय ३६ अंक प्राप्त पायो । महोत्सवमा एथलेटिक्सतर्फ कास्की मोडनाईज्ड एकेडेमी १ सय १६ अंक प्राप्त गरी प्रथम, त्रिवेणी पब्लिक६८ अंक प्राप्त गरी द्वितीय र हेम्जा बोर्डिङ ६० अंक प्राप्त गरी तृतीय भए । सिनियर छात्र फुटबलतर्फ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं