अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी शनिबार टुँडिखेलमा सार्वजनिक गरिएको छ । नेपाल रग्बी सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरे । उक्त विश्वकप ट्रफी यही मङ्सिर १९ गते बेलायत हुँदै नेपाल ल्याइएको थियो । मंसिर २० गते उक्त ट्रफीलाई सगरमाथा आधार शिविरमा लगिएको थियो । त्यस्तै मङ्सिर २१ गते विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र पाटन दरबार स्क्वायरमा प्रदर्शन गरिएको थियो । सन् २०१२ देखि नेपालमा पनि रग्बी खेलको औपचारिक शुरुआत भएको सङ्घले जनाएको छ । सङ्घ स्थापना भएलगत्तै नेपालले रग्बीको अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितामा सहभागिता जनाउँदै आएको अध्यक्ष टङ्कलाल घिसिङले बताए ।