राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल, कास्की (एनप्याब्सान कास्की) ले आयोजना गरेको एनप्याब्सान खेलकुद महोत्सवमा कास्की मोडनाईज्ड एकेडेमी च्याम्पियन बनेको छ ।
महोत्वसवको १२ औं सस्करणमा कास्की मोडनाईज्ड एकेडेमीले ओभरल खेलमा ३ सय ३६ अंक प्राप्त पायो । महोत्सवमा एथलेटिक्सतर्फ कास्की मोडनाईज्ड एकेडेमी १ सय १६ अंक प्राप्त गरी प्रथम, त्रिवेणी पब्लिक६८ अंक प्राप्त गरी द्वितीय र हेम्जा बोर्डिङ ६० अंक प्राप्त गरी तृतीय भए ।
सिनियर छात्र फुटबलतर्फ हेम्जा बोर्डिङ प्रथम, ज्ञानज्योति विद्याकुञ्ज द्वितीय तथा पोखरा क्याम्ब्रिज र कास्की मोडनाईज्ड एकेडेमी तृतीय भए ।
सिनियर छात्रा फुटबलतर्फ चिल्ड्रेन्र्स एकेडेमी प्रथम, पोखरा क्याम्ब्रिज द्वितीय तथा साइनिङ स्टार एकेडेमी र कास्की मोडनाईज्ड एकेडेमी तृतीय भएका छन् । भलिबल सिनियर छात्रातर्फ गोर्खा बोर्डिङ प्रथम, चिल्ड्रेन्स एकेडेमी द्वितीय तथा वर्डस् एकडेमी र कास्की मोडनाईज्ड एकेडेमी तृतीय भए ।
भलिबल सिनियर छात्रतर्फ सनराइज प्रथम, वीरेन्द्र मेमोरियल द्वितीय तथा ज्ञान गंगा बोर्डिङ र हेम्जा बोर्डिङ तृतीय भए । ह्यान्डबल जुनियर छात्रातर्फ ज्ञानज्योति विद्याकुञ्ज प्रथम, कास्की मोडनाईज्ड द्वितीय तथा अक्सफोर्ड र हेम्जा बोर्डिङ तृतीय भए ।
ह्यान्डबल जुनियर छात्रतर्फ ज्ञानज्योति विद्याकुञ्ज प्रथम, कास्की मोडनाईज्ड द्वितीय तथा चिल्ड्रेन्र्स एकेडेमी र अञ्जुली बोर्डिङ तृतीय भए । बास्केटबल सिनियर छात्रातर्फ कास्की मोडनाईज्ड प्रथम, न्यु ग्यालेक्सी द्वितीय तथा युनिभर्स बोर्डिङ र गोर्खा बोर्डिङ तृतीय भए ।
बास्केटबल सिनियर छात्रतर्फ कास्की मोडनाईज्ड प्रथम, न्यु ग्यालेक्सी द्वितीय तथा अक्सफोर्ड र गोर्खा बोर्डिङ तृतीय भए ।
टेबुल टेनिस एकल सिनियर छात्रातर्फ कास्की मोडनाईज्डकी जसना गुरुङ प्रथम, पुष्प सदनकी योगिता गुरुङ द्वितीय तथा फेवा बोर्डिङकी सन्तोषी पहारी र नेसनल क्रियसनकी प्रजीता भुजेल तृतीय भए ।
टेबुल टेनिस एकल सिनियर छात्रतर्फ कास्की मोडनाईज्डका रोशन क्षेत्री मगर प्रथम, गोर्खा बोर्डिङका सुरज देवकोटा द्वितीय तथा रत्नज्योतिका अभिषेक महत र साइनिङ स्टारका सन्दीप लिगल तृतीय भए ।
प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्यान्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा भएका थिए । महोत्सवमा नेप्याब्सान कास्कीमा आवद्घ ४५ विद्यालयका करिब ८ हजार खेलाडी विद्यार्थीले सहभागिता जनाएको र विद्यार्थी र अभिभावक गरी ३० हजारले अवलोकन गरेको एनप्याब्सान कास्कीको दाबी छ ।
‘खेलकुद महोत्सवले समग्र खेल क्षेत्रमा इट्टा थप्ने काम गरेको छ’, एनप्याब्सान कास्की अध्यक्ष रामबहादुर मोचीले भने, ‘महोत्सवलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति एनप्याब्सान कास्की आभारी छ ।’
नेसनल प्याब्सानका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले खेल क्षेत्रको विकासमा एनप्याब्सान कास्कीको योगदान अतुलनीय रहेको बताए ।गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका शिक्षा निर्देशक बाबुराम ढुंगानाले विद्यार्थीलाई खेल क्षेत्रमा रुचि जगाउन महोत्सव सफल भएको उल्लेख गरे । कार्यक्रममा सचिव मनकाजी गुरुङले पनि बोलेका थिए ।
बुल टेनिस एकल सिनियर छात्रातर्फ कास्की मोडनाईज्डकी जसना गुरुङ प्रथम, पुष्प सदनकी योगिता गुरुङ द्वितीय तथा फेवा बोर्डिङकी सन्तोषी पहारी र नेसनल क्रियसनकी प्रजीता भुजेल तृतीय भए ।
टेबुल टेनिस एकल सिनियर छात्रतर्फ कास्की मोडनाईज्डका रोशन क्षेत्री मगर प्रथम, गोर्खा बोर्डिङका सुरज देवकोटा द्वितीय तथा रत्नज्योतिका अभिषेक महत र साइनिङ स्टारका सन्दीप लिगल तृतीय भए ।
प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्यान्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा भएका थिए । महोत्सवमा नेप्याब्सान कास्कीमा आवद्घ ४५ विद्यालयका करिब ८ हजार खेलाडी विद्यार्थीले सहभागिता जनाएको र विद्यार्थी र अभिभावक गरी ३० हजारले अवलोकन गरेको एनप्याब्सान कास्कीको दाबी छ ।
‘खेलकुद महोत्सवले समग्र खेल क्षेत्रमा इट्टा थप्ने काम गरेको छ’, एनप्याब्सान कास्की अध्यक्ष रामबहादुर मोचीले भने, ‘महोत्सवलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति एनप्याब्सान कास्की आभारीछ ।’
सनल प्याब्सानका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले खेल क्षेत्रको विकासमा एनप्याब्सान कास्कीको योगदान अतुलनीय रहेको बताए ।
गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका शिक्षा निर्देशक बाबुराम ढुंगानाले विद्यार्थीलाई खेल क्षेत्रमा रुचि जगाउन महोत्सव सफल भएको उल्लेख गरे । कार्यक्रममा सचिव मनकाजी गुरुङले पनि बोलेका थिए ।