निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स)को चौथो स्र्पोट्स मिट अन्र्तगत फुटबल, भलिबल र कब्बडीका खेल जारी छन ।
प्रतियोगिताको खुल्ला विद्या तर्फ छात्र तर्फ फूटबल, छात्र–छात्रा भलिबल र कब्बडीका खेलहरु लेखनाथ भण्डारढिक स्थित खेल मैदानमा संचालन गरिएको प्रतियोगिता प्रतियोगिता प्रचार–प्रसार संयोजक सन्तोष तिवारीले जानकारी दिएका छन ।
बिहिबार सम्पन्न छात्र फुटबल खेल तर्फ पिनाकल एकेडेमी र कालिका ईङलिस वोर्डिङ स्कुलले जितेका छन । खेलमा पिनाकलले माउन्ट हेभेनलाई र कालिकाले सत्य साईलाई पराजित गरेका छन ।
त्यस्तै भलिबल छात्र तर्फ वेलनन, स्माइल हेभेन र एकता एकेडेमी बिजयी भए । प्रतियोगितामा वेलननले पिनाकललाई, स्माइलले कालिकालाई र एकताले माउन्ट हेभेनलाई सोझो सेटमा पराजित गरे । त्यस्तै छात्रा भलिबलमा एकता एकेडमी, होली एन्जल र एकता सेकेन्डरी बिजयी बने । खेलमा एकता एकेडमीले सत्य साईलाई, होली हेभेनले कालिकालाई र एकता सेकेन्डरीले वेलननलाई पाखा लगाए ।
बिहिबारनै सम्पन्न कब्बडी छात्र जुनियर तर्फ वेललन, स्माइल, गेफ र पिनाकलले जित हासिल गरे । कब्बडी छात्रा जुनियरमा गेफ सेकेण्डरी, ज्ञानकुञ्ज, जनकल्याण, र होली एञ्जल बिजयी रहे ।
प्रतियोगितामा यूनिप्स अन्र्तगत कास्कीका १८ विद्यालयका ३ हजार विद्यार्थीको सहभागिता रहने अध्यक्ष शान्ता गुरुङले जानकारी दिएका छन । औपचारिक उद्घाटन कार्यक्रम पूष १ गते पोखरा रंगशालामा हुने छ भने प्रतियोगिता अन्र्तगत एथलेटिक्सका खेलहरु पोखरा रंगशालामा संचालन हुनेछन ।