नेपाल स्पोर्टस क्लबले भारतीय खेलाडी भित्रयाए

पुषको १ गतेदेखि शुरु हुने राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चौथो आर बि.बी एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिताको मिति नजिकिदैं गर्दा दुई क्लबले भारतीय खेलाडीलाई अनुबन्धन गरेका छन् ।

प्रतियोगितामा सहभगि हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं र नयाँबजार स्पोर्टस क्लब काठमाडौंले ३-३ जना भारतीय खेलाडीलाई अनुबन्धन गरेको प्रतियोगिताका संयोजक एवं नेपाल भलिबल संघका केन्द्रीय सदस्य राजकुमार गुरुङले जानकारी दिए । ‘खेलाडी अनुबन्धन गरिसकेका छन् ।’ उनले भने ।

नेपाल जापान भलिबल संघका अध्यक्ष समेत रहेको नविन गुरुङको अगुवाईमा नयाँबजार स्पोर्टस क्लब लिग खेल्न पोखरा आउँदैछ । क्लबका अध्यक्ष भगवान थापाले गुरुङलाई टिमको जिम्मेवारी सुम्पिएका हुन् । गुरुङका अनुसार तीन भारतीय खेलाडीमा सुबम चौधरी, आदेप्रताप सिंह र आजार थरलाई क्लबले अनुबन्धन गरेको हो ।

यसैगरी हेल्प नेपालले एक म्यानेजरसहित चार भारतीय खेलाडीलाई अनुबन्धन गर्ने अन्तिम तयारीमा छ । भारतबाट ललित, रणबिर, नरेन्द्र र विकास तमाख आउने निश्चित भएको हेल्प नेपाल स्पोर्टस क्लबका महासचिव अरुण श्रेष्ठले जानकारी दिए ।

‘एक म्यानेजरसहित चार जना भारतीय खेलाडी शनिबारसम्म पोखरा आईपुग्ने छन् ।’ उनले भने–‘ पुर्व भारतीय राष्ट्रिय खेलाडी समेत हुन् ।’ हेल्प नेपालमा पर्वत र स्याङजाका खेलाडीहरु सम्मिलित छन् । अनिल थापा मगरले कप्तानी गर्ने छन् ।

नियम अनुसार प्रतियोगितामा क्लबले एक सेटमा ३ जना विदेशी खेलाडीलाई समावेश गर्न पाउने प्रावधान छ । त्यही प्रावधान अनुसार सेट टिममा ३ जना विदेशी खेलाडी खेलाउने दुई क्लबको उद्देश्य रहेको छ । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चौथो आर बि.बी एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता हुदैं छ ।

विजेता क्लबले नगद २ लाख रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ । उपविजेता क्लबको पोल्टामा एकलाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ । उत्कृष्ठ खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ । बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ ।

विभागीय टोलीमा राष्ट्रिय खेलाडी छन् । नेपाल पुलिस क्लबमा नेपाली भलिबल टोलीका कप्तान ईम रानाले नेतृत्व गर्ने छन् । उनीसँग कुलबहादुर थापा, विशाल विक र राजु थकाली टिम सेटको रुपमा खेल्ने छन् । शसस्त्र प्रहरी बल(एपीएफ)मा महेन्द्र श्रेष्ठ, मिलन मल्ल र विजय थापा छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा मानबहादुर श्रेष्ठ, नरेन्द्र गिरी, ईश्वर रानामगर(लिबरो), दुर्गा महतो, हरि अधिकारी र राजीव भट्ट छन् ।

विभागीय टोलीलाई चुनौति दिन हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं, मणिमुकुन्द भलिबल क्लब रुपन्देही, जवलाखेल भलिबल ट्रेनिङ सेन्टर, ढोरपाटन स्पोर्टस क्लब काठमाडौं र नयाँबजार स्पोर्टस क्लब काठमाडौं कोर्टमा उत्रिदैं छन् । नेपाल भलिबल संघका केन्द्रीय सदस्य एवं संयोजक राजकुमार गुरुङका अनुसार ८ क्लबले ७ खेल खेल्ने छन् । ७ खेलमा सबैभन्दा बढी अंक रहेको शीर्ष दुई क्लब बीच फाईनल प्रतिस्पर्धा गराइने छ ।

विजेता क्लबले नगद २ लाख रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ । उपविजेता क्लबको पोल्टामा एकलाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ । उत्कृष्ठ खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ । बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ ।

source:kheladinew.com