युनाइटेड कप बास्केटबल तयारी

पोखराको अमरसिंह माविको बास्केटबल कोर्टमा प्रथम युनाइटेड कप खुला बास्केटबल प्रतियोगिता तयारी भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आएको युनाइटेड क्लबले खेलकुद कार्यक्रमलाई स्थान दिएको हो ।


क्लबले मंगलबारदेखि प्रथम युनाइटेड कप आयोजना गर्न लागेको संयोजक विष्णु गुरुङले जानकारी दिए ।


प्रतियोगितामा १२ टिम पुरुष, ४ टिम महिला र ५ टिम भेट्रान्स तर्फ भाग लिएका छन् । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले १ लाख, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुनेले ४० हजार , शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

महिला तर्फ भने प्रथम हुनेले २० हजार, दोस्रोले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा प्रौढतर्फ प्रथमले २५ हजार, दोस्रोले १० हजार रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष लालकाजी गुरुङले बताए ।